Odapalika - The Fourth Estate - चौथो अंग
प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाद प्रचण्डले यही असार २८ गते विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने कार्यसूचीमा समावेश गर्न संघीय संसद् सचिवालयलाई पत्राचार गरेका छन् । 

शुक्रबार संसद् सचिवालयलाई प्रधानमन्त्री प्रचण्डले पठाएको पत्रमा ‘मेरो नेतृत्वमा संवत् २०७९ साल पुस ११ गते गठित सरकारमा सहभागी दलहरूमध्ये एक दलले आफ्नो समर्थन फिर्ता लिएको हुँदा नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभासमक्ष प्रस्ताव राखु पर्ने प्रावधान भएअनुरूप उक्त विषय संवत् २०८१ साल असार २८ गतेको प्रतिनिधि सभा बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्थाका लागि अनुरोध छ’ उल्लेख गरिएको छ । 

प्रमुख सत्तासाझेदार दल एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । यही असार १७ गते राति कांग्रेससँग नयाँ समीकरण बनाउने सहमति भएसँगै एमालेले आफ्नो मन्त्री फिर्ता बोलाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । 

449315547_1002494744712628_3808662659542838262_n-(1)-1720173789.jpg
 

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १५:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update