Odapalika - The Fourth Estate - चौथो अंग
सन्दीप लामिछानेलाई ए ग्रेडमा राख्ने क्यानको निर्णय

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले स्पिनर सन्दीप लामिछानेलाई सेन्ट्रल कन्ट्राक्टमा राख्ने निर्णय गरेको छ ।

बिहीबार बसेको क्यानको बोर्ड बैठकले सन्दीपलाई खेलाडी केन्द्रीय वर्गीकरण (सेन्ट्रल कन्ट्राक्ट) ए ग्रेडमा राख्ने निर्णय गरेका हो । 

बलात्कार अभियोग लागेपछि २०७९ माघदेखि क्यानको खेलाडी वर्गीकरणमा नपरेका उनले सफाइ पाएसँगै क्यानले सो निर्णय गरेको हो । 
 

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update