Odapalika - The Fourth Estate - चौथो अंग
संघीय सरकारले अंग्रेजीमा लेखिदियो ७५३ स्थानीय तहकै नाम, भन्योः फरक परे भन्नू 

काठमाडौँ । संघीय मालिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै स्थानीय तहको नाम अंग्रेजीमा लेखेर राजपत्रमा प्रकाशन गर्ने भएको छ । 

मन्त्रालयले राहदानी विभाग र गृहमन्त्रालयसँग सहकार्य गरेर सबै स्थानीय तहको नाम अंग्रेजीमा लेखेर राजपत्रमै प्रकाशनको गृहकार्य गरिरहेको छ । 

यो प्रयोजनका लागि मन्त्रालयले सबै स्थानीय तहलाई यसअघि नै अंग्रेजीमा पालिकाको नाम लेखेर पठाउन भनेको थियो । 

स्थानीय तहहरुले उपलव्ध गराएको विवरणलाई एकीकृत गरेर मन्त्रालयले सवै स्थानीय तहको नाम अंग्रेजी र नेपालीमा समेत लेखिदिएर सच्याउनका लागि फिर्ता पठाउको छ । 

स्थानीय तहलाई अंग्रेजी नाम पठाउँदै सच्याउनु पर्ने भए ३ दिन भित्र जानकारी गराउन भनेको मन्त्रालयका शाखा अधिकृत खम्बराज राईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

स्थानीय तहको अंग्रेजी नामको हिज्जेमा एकरुपता कायम गर्नका लागि यो प्रयास थालिएको मन्त्रालयले जनाएको छ । स्थानीय तहहरुलाई यसअघि पनि पत्राचार गर्दै आएको मन्त्रालयले शुक्रवार भने अन्तिम ताकेता गरेको हो । 

यस्तो छ मन्त्रालयले तयार पारेको अंग्रेजी नाम 


 

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  १५:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update