Odapalika - The Fourth Estate - चौथो अंग
आशा जगाउने कर्मचारीका यी ३ तस्विर 

काठमाडौँ । सरकारी कर्मचारीमाथि मान्छेहरुले लगाउने एउटा आरोप छ सरकारी काम कहिले जाला घाम, घाम तापेरै दिन बिताउँछन् कर्मचारी आदि । 

जनताका नजरमा कर्मचारीले काम गर्दैनन् भन्ने भाष्य जर्वजस्ती निर्माण गराइरहँदा केही यस्ता कर्मचारी छन्, जो आमा बुवाको किरिया बस्दासमेत कार्यालयको काममा व्यस्त छन् । 

सामाजिक सञ्जालमा चर्चित स्थानीय तहमा कार्यरत ३ जना कर्मचारीका तस्वीर वारे यहाँ चर्चा गरौँ । जसले देशभरका निजामति कर्मचारीलाई हौसला मात्र दिदैन, जर्वजस्त निर्माण गरिएका गलत भाष्यको समेत खण्डन गर्छ । 

lok-bd-1720319920.jpg
यी हुन् जुगल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोक बहादुर  बिक । उनका बुबाको निधन भएकोले काजक्रियामा छन् । तर पनि कार्यालयको जिम्मेवारी पनि पुरा गरिरहेका छन् । 

किरिया बस्दा सामान्यतय रुसँग कुरा गर्न अरुलाइ छुन हुँदैन भन्ने धार्मिक मान्यता छ । कतिपयले त विद्युतीय सामानलगायतका अन्य बस्तु छुनै हुँदैन भन्ने मान्यता पनि राख्छन् । 

तर विकले यी मान्यतालाई चुनौतीमात्र दिएनन्, कार्यालयको कामसमेत किरिया बसेकै स्थानबाट गर्दै आएका छन् । 

lok-bd-1-1720319918.jpg

lok-bd-2-1720319918.jpg

बुबाको किरिया बारेर बसेका लमजुङको दुधपोखरी गाउँपालिकाका लेखा अधिकृत नरेन्द्र घिमिरे पनि विकजस्तै स्थानीय तहको जिम्मेवारी पूरा गरिरहेका छन् । 

आर्थिक वर्षको अन्तिम भएकाले सेवाग्राहीमा कुनै पनि प्रकारको भुक्तानीमा समस्या नहोस भनेर किरिया बसेकै ठाउँबाट नियमित कार्यालयको काम उनले गरिरहेका छन् । 

ल हेर्नुहोस् त तस्विर 

narendra-1720320220.jpg

किरिया बस्दा पनि सेवाग्राहीको काममा खटिरहेका अर्का लेखापाल हुन्  शंकर आचार्य । 

जुम्लाको हिमा गाउँपालिका वडा नम्बर १ लिही गाउँका शंकर आचार्य कनकासुन्दरी गाउँपालिका लेखापाल हुन् ।   उनी पनि किरिया बसेकै स्थानबाट कार्यालयको काम गरिरहेका छन् । 

हेर्नुहोस् तस्विर 

kismat-1720320411.jpg
 

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  ०८:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update