Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौंमा बाढीको विपद्‌मा हुनुहुन्छ ? फोन गर्नुहोस् यी व्यक्तिलाई (फोन नम्बरसहित)

काठमाडौं । देशभर केही दिनयता परेको वर्षाले जनजीवन कष्टकर बनाएको छ । शुक्रबारदेखि परेको वर्षापछि आएको पनि बाढीले काठमाडौंमा धनजनको क्षति गरेको छ । 

काठमाडौंमा बाढीको विपद्‌मा परेकालाई तत्काल फोन गर्न जिल्ला सुरक्षा समितिले आह्वान गरेको छ । आह्वानसँगै समितिले फोन नम्बर पनि सार्वजनिक गरेको छ । 

काठमाडौंका नदीको बहाव बढिरहेको र केही स्थान डुबानमा परेपछि जिल्ला सुरक्षा समितिले फोन नम्बर सार्वजनिक गर्दै विपद्मा परेकालाई सम्पर्क गरेर जानकारी दिन आह्वान गरेको हो । 

१. काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नत– ९८५१२०७७७७

२. जिल्ला प्रहरी परिसर टेकुका प्रहरी वरिष्ठ उपरीक्षक बस्नत रजौरे– ९८३१२०५५५५

३. काठमाडौंका राष्ट्रिय अनुसन्धान कार्यालयका विकास पाण्डे– ९८५११०७८६६

४. नेपाली सेनाको सिंहदरबारस्थित नरसिंह दल गणका प्रमुख सेनानी गणेश खड्का– ९८५१०८७०५३

५ . सशस्त्र प्रहरी बलको २० नम्बर गण सिनामंगलका सहायक प्रहरी उपरीक्षक पूर्ण साउद– ९८५१२७२०३५

६. सशस्त्र प्रहरी बलको १८ नम्बर गण कीर्तिपुरका सहायक प्रहरी उपरीक्षक भानुभक्त लम्साल– ९८५१२७२०३२

७. काठमाडौंमा सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगाना– ९८५१३३८३२२

९. काठमाडौं महानगरपालिकाको हटलाइन नम्बरहरू– १६६०११०५५११ र ११८०

१०. काठमाडौं महानगर प्रहरी बलको हटलाइन नम्बर– ९८५१३५६५०९ 

449872047_1935141980280776_6017418319221964211_n-1720330343.jpg
 

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  ११:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update