Odapalika - The Fourth Estate - चौथो अंग
अवधि बाँकी हुँदै छाडे ७९४ सरकारी कर्मचारीले जागिर, धेरैजसाे श्रेणीविहीन
फाइल तस्विर

काठमाडौँ । सेवा अवधि बाँकी रहँदै एक बर्षमा ७९४ निजामति सेवामा कार्यरत कर्मचारीले जागिरबाट विदा लिएका छन् ।

चालु आर्थिक वर्ष २०८०/८१ मा ७९४ निजामती कर्मचारीले सेवावधि बाँकी रहँदै राजीनामा बुझाएको किताबखानामा रेकर्ड छ ।

किताबखानाका अनुसार सेवावधि बाँकी रहँदै राजीनामा गर्नेमा सबैभन्दा बढी श्रेणीविहीन कर्मचारी (कार्यालय सहयोगी, हुलाकी, वन रक्षक, सवारी चालक, मालीलगायत) छन् । 

किताबखानाको रेकर्ड अनुसार सुरुदेखि अहिलेसम्म १६ हजार १९३ कर्मचारीहरूले जागिर अवधि बाँकी रहँदै राजीनामा बुझाएका छन् । 

निजामती सेवा ऐन २०४९ मा ५८ वर्ष उमेर पूरा भएपछि सरकारी कर्मचारीहरूले सेवाबाट अनिवार्य अवकाश पाउने व्यवस्था छ ।

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १५:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update