Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौंबाट अवैध १४ किलो चाँदीका गहनासहित तीनजना पक्राउ 

काठमाडौं । काठमाडौंबाट अवैध १४ किलो चाँदीका गहनासहित तीनजना पक्राउ परेका छन् । अवैध १४ किलो २५० ग्राम चाँदीसहित भारतीय नागरिक २२ वर्षीय अमन कुमार र २६ वर्षीय विकीकुमार साह तथा सवारी चालक पर्साका श्रवणप्रसाद कानुलाई पक्राउ प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो । 

सूचनाको आधारमा सीआईबीले सानो गौचरणस्थित एक वर्कसपभित्र राखेको अवस्थामा बीआर ०६ यू ९०५३ नम्बरको गाडी पनि बरामद गरेको छ ।

ललितपुरबाट काठमाडौंतर्फ सो गाडीमा चाँदीका गरगहना ल्याउँदै गरेको सूचना पाएको सीआईबीले गाडीको डिकीबाट चाँदीका गहनाहरु बरामद गरेको जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १८:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update