Odapalika - The Fourth Estate - चौथो अंग
आजपनि कर्णाली बाहेकका सबै प्रदेश जलमग्न, यस्तो छ विभागको अनुमान 

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले कर्णाली प्रदेशबाहेकका ६ वटा प्रदेशमा आज पानी पर्ने सम्भावना रहेको जनाएको छ । 

विभागका अनुसार केही प्रदेशमा आज पनि बिहानैदेखि वर्षा भइरहेको छ । वाग्मती र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । सुदूरपश्चिम प्रदेशमा पानी परिरहेको छ भने अन्य प्रदेशमा पनि पानी पर्ने क्रम रोकिएको छैन । 

विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ । सातवटै प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।   

आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि भारी वर्षाको सम्भावना छ । 
 

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  ०६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update