Odapalika - The Fourth Estate - चौथो अंग
बागमती सरकारलाई दिएको समर्थन फिर्ता लिँदै एमाले बाहिरियो, मन्त्रीले बुझाए राजीनामा

हेटौंडा । बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेल नेतृत्वको सरकारमा सहभागी भएका एमालेका मन्त्रीले सोमबार राजीनामा बुझाएका छन् । 

केन्द्रमा एमाले सरकारबाट बाहिरिएलगत्तै प्रदेशबाट पनि एमालेले सरकारबाट अलग भएर समर्थन फिर्ता लिएको छ । 

एमाले बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलिया, उघोग, वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ, वन तथा वातावरणमा मन्त्रालयमा केशव पोखरेल, स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठ र जलश्रोत, उर्जा तथा खानेपानी मन्त्रालयमा एकालाल श्रेष्ठले मुख्यमन्त्री जम्कट्टेलसमक्ष राजीनामापत्र बुझाएका छन् । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेका एमालेका उनीहरूले राजीनामा बुझाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको पनि जानकारी गराएका छन् ।

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  ११:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update