Odapalika - The Fourth Estate - चौथो अंग
महिला समूहलाई १२ हजार सुन्तलाका बिरुवा 

दोलखा । दोलखाको मेलुङ गाउँपालिकाका महिलालाई लक्षित गरी सुन्तला बिरुवा वितरण गरिएको छ । 

गाउँपालिकाको वार्षिक कार्यक्रम अन्तर्गत हेफर नेपाल र सीडीएफ दोलखाको साझेदारी एवम् व्यवस्थापनमा मेलुङ गाउँपालिका–१ विभिन्न महिला समूहका महिलालाई सुन्तलाका बिरुवा वितरण गरिएको गाउँपालिका अध्यक्ष हिरा थोकरले जानकारी दिए । 

सो वडाका १९ वटा महिला समूहलाई १२ हजार भन्दा बढी सुन्तलाका बिरुवा वितरण गरिएको उनले बताए । यसले महिलालाई आत्मनिर्भरता तर्फ उन्मुख हुन सहयोग पुग्ने थोकरले विश्वास व्यक्त गरे । 

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १५:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update