Odapalika - The Fourth Estate - चौथो अंग
गायिका कमला घिमिरे फिल्ममा डेब्यू गर्दै 

काठमाडौं । गायिका कमला घिमिरे फिल्ममा डेब्यू गर्ने भएकी छन् । सानै उमेरमा गीत गाएर चर्चामा आएकी उनी फिल्म ‘माइली’ अनुबन्धित भएकी हुन् । रूना इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको सो फिल्ममा कलाकारको रुपमा अनुबन्धित् भएकी हुन् । 

बाबु साहेब बलामीले निर्देशन गर्ने फिल्म ’माइली’ टिमले कमलाको पोस्टरलुक समेत सार्वजनिक गरेको छ ।

गायिका कमलाको ‘चिया छानेको, लरिलरिलै, धनगढीको बसमा’ लगायतका गीतहरू चर्चित छन्। 

यही असारको अन्तिमबाट फ्लोरमा जान लागेको सो फिल्मका लागि करिश्मा मानन्धर र प्रियंका कार्की पनि अनुबन्धित भइसकेका छन्। 

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १६:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update