Odapalika - The Fourth Estate - चौथो अंग
पर्साबाट २ करोड मूल्य बराबरको अवैध हार्डवेयरका सामान बरामद

काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्साले करिब दुई करोड मूल्य बराबरको अवैध सामानसहित ट्रकलाई नियन्त्रणमा लिएको छ ।  

विशेष सूचनाको आधारमा प्रहरी टोलीले १ करोड ८९ लाख ५० हजार ६२२ रुपैयाँ मूल्य बराबरका अवैध हार्डवेयर लगायतका सामानहरू बरामद गरेको प्रहरीले जनाएको छ । 

प्रहरीले ना.६ ख ४०५८ र ना.३ ख १८७ नम्बरको ट्रकहरूमा लोड गरिराखेको अवस्थामा सो सामान आइतबार बरामद गरेको हो । वीरगञ्ज महानगरपालिका–२५, आईसीपी गेटस्थित सडकखण्डबाट अवैध हार्डवेयरका सामग्री तथा मोटर्सका पार्टससहित सो ट्रकलाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ । 

प्रहरीले सामानसहित ट्रकलाई राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको जनाएको छ । 

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update