Odapalika - The Fourth Estate - चौथो अंग
मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस 
फाइल तस्बिर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनुशासन आयोगले निलम्बित महामन्त्री डा. मुकुल ढकाललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको छ । 

एक साता अघि बसेको केन्द्रीय समिति बैठकले पार्टीको अनुशासन उल्लंघन गरेको आरोपमा महामन्त्री र प्रवक्ताबाट एक साताका लागि निलम्बन गर्ने निर्णय गर्दै अनुसन्धानका लागि अनुशासन आयोगलाई जिम्मेवारी दिएको थियो । उक्त आयोगले ढकाललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गर्न सिफारिस गरेको छ । 

आयोगको उक्त सिफारिसका सम्बन्धमा जारी केन्द्रीय समिति बैठकमा छलफल भइरहेको एक नेताले जानकारी दिए ।  
 

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १०:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update