Odapalika - The Fourth Estate - चौथो अंग
चन्द्रपुर नगरपालिकाले गाई भैँसीलाई सुत्केरी भत्ता दिने 

काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिकाले गाई भैँसीलाई सुत्केरी भत्ता दिने भएको छ । नगरपालिकालको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा गाई भैँसीलाई सुत्केरी भत्ता दिने व्यवस्थासहित बजेट विनियोजन गरिएको नगर उपप्रमुख जयमाला कुमारी चौधरीले जानकारी दिइन् । 

यही असार ७ गते नगरसभामा पेस गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा गाई भैँसीलाई सुत्केरी भत्ताबापत एक हजार रुपैयाँ दिने उल्लेख छ ।

‘हामीले गाई भैँसीलाई सुत्केरी भत्ता दिने गरी बजेट विनियोजन गरेका छौँ,’ उपप्रमुख चौधरीले भनिन्, ‘गाई भैँसीलाई सुत्केरीबापत एक हजार रुपैयाँ दिन्छौँ ।’ उक्त नीति तथा कार्यक्रम र बजेट मंगलबार पारित हुने उनले जाकारी दिइन् ।

साथै कृत्रिम गर्भाधान सेवा केन्द्रहरूबाट उन्नत नश्लका गाई भैँसीहरुको लागि जर्सी, होलिस्टेन, हरियाना मुर्रा नश्लको नश्ल सुधार गरी दुध उत्पादन वृद्धि गर्नको लागि कृषकmाई सहज तरिकाले कृतिम गर्भाधान सेवा दिइने तथा निःशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन गरी सेवा प्रदान गरिने बजेटमा उल्लेख छ । 

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  ११:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update