Odapalika - The Fourth Estate - चौथो अंग
नेपालमा नथिङ मोबाइल ब्रान्डको फोन, स्मार्ट वाच र एयर बड्स सार्वजनिक 

काठमाडौं । नथिङ मोबाइल ब्रान्डले नेपालमा आफ्नो फोन, स्मार्ट वाच र एयर बड्स सार्वजनिक गरेको छ । कार्ल पेइद्वारा स्थापित अग्रगामी ब्रिटिस–आधारित उपभोक्ता इलेक्ट्रोनिक्स कम्पनी नथिङ टेक्नोलोजी लिमिटेडले आफ्नो उप–ब्रान्ड सीएमएफमार्फत विश्वव्यापी रूपमा आफ्नो उत्पादन लाइनअप विस्तार गरेको छ।

नेपालमा सीएमएफ फोन१, सीएमएफ बड्स प्रो२ र वाच प्रो२ को ग्लोबल लन्च गरेको हो । सीएमएफ फोन १, सीएमएफ बड्स, सीएमएफ बड्स प्रो २, र वाच प्रो ३ सार्वजनिक गरेको नथिङले नविनतामा समर्पित, डिजाइन उत्कृष्टता, र उपभोक्ता केन्द्रित प्रविधि समाधानहरूमा आफ्नो समर्पण प्रदर्शन गरेको छ ।

कालो, सुन्तला, हल्का हरियो र निलोमा उपलब्ध, सीएमएफ फोन १ को प्रत्येक संस्करणले परिष्कृत अनुभवका लागि टेक्स्चर केस र अधिक स्पर्श अनुभवका लागि साकाहारी छाला फिनिसको बीचमा फरक विकल्प प्रस्तुत गर्दछ ।

साथै, नथिङले फोन २ए ल्याएको छ, जसमा शक्तिशाली मिडियाटेक डाइमेन्सिटी ७२०० प्रो चिपसेट छ । नथिङले इअर र इअर (ए) ( इअर बुड्स) पनि नेपाल मा ल्याएको छ ।

सिजी मोबाइल प्रा.लि.ले स्थानीय दर्शकसँग संलग्न हुने र नेपालमा बलियो ब्रान्ड उपस्थिति स्थापना गर्ने आफ्नो प्रतिबद्धतालाई जोड दिँदै जीवन्त र रङ्गीन नेपाली अभिनेता प्रदीप खडकालाई आफ्नो ब्रान्ड एम्बेसेडरको रूपमा घोषणा गरेको छ ।

सीएमएफ फोन १, सीएमएफ बड्स प्रो २, सीएमएफ वाच प्रो २, सीएमएफ बड्स, नथिङ फोन र नथिङ फोन (द्दए) नथिङ इयर र नथिङ इयर (ए), चौधरी ग्रुपका म्यानेजिङ डाइरेक्टर निर्वाण चौधरी तथा ब्रान्ड एम्बेसेडर प्रदीप खडकाले सार्वजनिक गरेका हुन् ।

यस कार्यक्रमले नथिङ र सिजी मोबाइल प्रा.लि. बीचको रणनीतिक साझेदारीको प्रदर्शन गरेको थियो । सिजी समूहको बलियो वितरण सञ्जालको लाभ उठाउँदै, यी अत्याधुनिक उत्पादनहरूलाई नेपाली उपभोक्ताहरूलाई प्रभावकारी रूपमा परिचय गराउनु र प्रवर्द्धन गर्नु यसको उद्देश्य हो ।
 

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update