Odapalika - The Fourth Estate - चौथो अंग
रुकुम पूर्वमा पहिरोमा परी एकजनाको मृत्यु, तीन घाइते
फाइल तस्बिर

रुकुम पूर्व । रुकुम पूर्वमा पहिरोमा परी एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । सिस्ने गाउँपालिका–२, दल्लुगैरामा गएराति पहिरो जाँदा गोठमा सुतिरहेका वडा नं १ का कर्णबहादुर बुढाको परिवारका चारजनालाई बगाएकामा ११ वर्षीय सरगम बुढाको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक हरिप्रसाद भट्टराईले बालकका बुबा ४० वर्षीय बुढा, आमा ३८ वर्षीया गम्मा बुढा र बहिनी ९ वर्षीया तिलसरा बुढाको अवस्था गम्भीर रहेको जानकारी दिए । उनीहरूलाई उपचारका लागि रुकुमकोट पढाइएको छ । 

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १२:११
प्रतिक्रिया दिनुहोस्
Weather Update