Odapalika - The Fourth Estate - चौथो अंग
पदाधिकारी सुविधामा कमलामाई नगरपालिकाले सक्यो १ करोड २६ लाख, स्यानेटरी प्याडमा २८ लाख खर्च 

काठमाडौं । सिन्धुलीको कमलमाई नगरपालिकाले पदाधिकारी सुविधामा करिब एक करोड २६ लाख रुपैयाँ खर्च गरेको छ । आर्थिक वर्ष २०७९/०८० मा कमलामाईले पदाधिकारी सुविधामा एक करोड २५ लाख ९० हजार खर्च गरेको महालेखापरीक्षकको कार्यालयको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ । 

पदाधिकारी सुविधामा आन्तरिक आयको ८.५३ प्रतिशत खर्च भएको हो । ‘यस वर्ष (२०७९/०८०) पदाधिकारी सुविधामा एक करोड २५ लाख ९० हजार खर्च भएको छ, जुन आन्तरिक आयको ८.५३ प्रतिशत रहेको छ,’ महालेखाको प्रतिवेदनमा उल्लेख छ । 

स्यानेटरी प्याडमा २८ लाख खर्च 

कमलामाई नगरपालिकाले स्यानेटरी प्याड खरिदमा करिब २८ लाख रुपैयाँ खर्च गरेको छ । नगरभित्रका सामुदायिक विद्यालयहरूमा कक्षा ६ भन्दा माथिका छात्राहरुलाई प्रदान गर्न कमलामाईले स्यानेटरी प्याड खरिदमा २७ लाख ८९ हजार ९३० रुपैयाँ खर्च गरेको छ । ४ हजार १७६  विद्यार्थीका लागि कमलामाईले जनक कस्मेटिक एन्ड गिफ्ट हाउसबाट ७५ हजार १६८ थान प्याड खरिद गरेको महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ । 
 

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १३:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update