Odapalika - The Fourth Estate - चौथो अंग
एक वर्षमा काठमाडौं महानगरले सञ्चार सुविधामा साढे २७ लाख सक्यो 
फाइल तस्बिर

काठमाडौं । काठमाडौं महानगरपालिकाले एक वर्षमा सञ्चार सुविधामा करिब साढे २७ लाख रुपैयाँ खर्च गरेको छ ।

आर्थिक वर्ष २०७९/०८० मा काठमाडौं महानगरले सञ्चार सुविधामा मात्र २७ लाख ४६ हजार ५०० रुपैयाँ खर्च गरेको महालेखापरीक्षकको अन्तिम लेखापरीक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ । 

विभिन्न तहका २०२ कर्मचारीलाई दिएको सञ्चार सुविधामा सो रकम खर्च भएको प्रतिवेदनमा उल्लेख छ । 

आर्थिक वर्ष २०७९/०८० मा काठमाडौं महानगरको १ अर्ब १८ करोड ७१ लाख ६२ हजार बेरुजु देखिएको महालेखाले औँल्याएको छ । सो सम्बन्धमा ९३ करोड १ लाख २९ हजारको प्रतिक्रिया प्राप्त भएकोमा सो उपर कारबाही भई बाँकी बेरुजु असुल गर्नुपर्ने १ करोड ५३ लाख ६९ हजार र पेश्की बाँकी १७ करोड ७३ लाख ९१ हजार गरी २५ करोड ७० लाख ३४ हजार रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । 
 

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १६:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update