Odapalika - The Fourth Estate - चौथो अंग
अग्निपरीक्षामा जनमतका १६ प्रदेश सांसद, कार्यकर्ताकाे चित्त नबुझे फिर्ता 

काठमाडौँ । जनमत पार्टीले  प्रदेश सभा सदस्यहरुको मूल्याङ्कनका लागि आज मतदान गराउँदै छ । 

जनमत पार्टीबाट निर्वाचित १६ प्रदेशसभा सदस्यकै निर्वाचन क्षेत्रमा मतदानमार्फत अनुमोदन मूल्याङ्कन भइरहेको सचिव बीपि साहले बताए । 

उनकाअनुसार अनुसार प्रत्यक्ष तथा समानुपातिकसहित सबै प्रदेशसभा सदस्यको क्षेत्रमा आज बिहान १० बजेदेखि मतदान भइरहेको छ । जनमत पार्टीका प्रदेशसभा सदस्यले राम्रो काम गरेको वा नगरेको मूल्याङ्कन पार्टीका नेता तथा कार्यकर्ताले मतदानमार्फत गर्दैछन् ।

‘राइट टु रिकल’को प्रावधान राखेको जनमत पार्टीले आफ्ना जनप्रतिनिधिले जनताको चाहना अनुसार काम गरेको वा नगरेको मूल्याङ्कनका लागि पहिलो पटक अनुमोदन मूल्याङ्कन गर्दैछ । 

‘१६ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकारी खटाइएका छन् । साँझ ५ बजेसम्म मतदानको व्यवस्था गरिएको छ । ५० प्रतिशतभन्दा कम मत ल्याउनेमाथि ‘राइट टु रिकल’को प्रक्रिया सुरु हुन्छ,’ सचिव साहले भने । 

जनमत पार्टीले यसअघि आफ्ना निर्वाचित स्थानीय जनप्रतिनिधिको पनि अनुमोदन मूल्याङ्कन गराएको थियो । यस क्रममा २१ जनप्रतिनिधि उत्तिर्ण तथा एक जना अनुत्तिर्ण भएको साहले जानकारी दिए । 

प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  १३:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update