Odapalika - The Fourth Estate - चौथो अंग
मनसुनसँगै डेंगीको प्रकोप, नियन्त्रणका लागि स्थानीय सरकारलाई ८ जिम्मेवारी 

काठमाडौँ । मनसुनसँगै देशभर डेंगीको प्रकोप बढ्न थालेपछि संघदेखि स्थानीय सरकारसम्मलाई नियन्त्रणका लागि परिचालन गरिने भएको छ । 

६ महिनाको अवधिमा ७२ वटा जिल्लाबाट प्राप्त तथ्यांक विश्लेषणपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगीले महामारीको रुप लिन सक्ने भन्दै स्थानीय तहलाई नियन्त्रणका लागि ८ वटा जिम्मेवारी तोकिदिएको छ । 

स्वास्थ्य सेवा विभागले तयार पारेको डेंगी रोकथाम तथा नियन्त्रण कार्ययोजना २०८० अनुसार स्थानीय तहहरुलाई पनि नियन्त्रण र रोकथामका लागि जिम्मेवार बनाइएको छ । 

कार्ययोजना अनुसार स्थानीय तहहरुले स्थानीय संचारमाध्यममार्फत जनचेतान फौलाउने जिम्मेवारी छ । त्यस्तै टोल विकास संस्था, आमा समूह आदिमार्फत सचेतना फैलाउने, पोष्टर माइकिङ गर्ने कामको जिम्मेवारी छ ।

लामखुट्टे खोजेर नष्ट गर्ने, स्थानीय अस्पतालमा ज्वरो क्लिनिक तयार पार्नेलगायतका जिम्मेवारी स्थानीय तहलाई दिइएको छ ।  

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update