Odapalika - The Fourth Estate - चौथो अंग
धनगढी उपहानगरको पाँच नारा, जसले बनाउने छ सुन्दर र समुन्नत धनगढी

काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि २ अर्ब १८ करोड ४२ लाख २ हजार २२० रुपैयाँको बजेट नगरसभाबाट पारित गरेको छ । यही असार ७ गते नगरसभाबाट पारित गरिएको नीति तथा कार्यक्रम र बजेटले धनगढीको सर्वाङ्गीण विकास गर्न पाँचवटा उद्देश्यसहित नारा तय गरेको छ । 

‘हाम्रो धनगढी, हामी बनाउँछौँ’, हाम्रो धनगढी, सफा धनगढी’, हाम्रो चाहना उपमहानगरवासीको सु–स्वास्थ्यको कामना’, बसोबास योग्य हरित सहर : समुन्नत धनगढी उपमहानगर’ र ‘एक वडा एक नमुना विद्यालय’ भन्ने नारासहित उपमहानगरले धनगढी र स्थानीयको स्वास्थ्य, शिक्षालागयत समग्र विकासका लागि लक्ष्य लिएको छ । 

यही हुन् ५ उद्देश्य

धनगढी उपमहानगरपालिकाले नगरको सर्वाङ्गीण विकासका लागि पाँच नारासहित पाँच उद्देश्य लिएको छ । नगरउपप्रमुख कन्दकला कुमारी रानाले पेस गरेको पारित नीति तथा कार्यक्रम र बजेटमा उल्लेख गरिएको छ, ‘...चुनौतीलाई मनन गर्दै सरकारी, निजी र सहकारी क्षेको सहकार्य र सहयोगमा उपलब्ध सार्वजनिक स्रोत साधानको अत्यधिक परिचालन गर्दै उपमहानगरको सर्वाङ्गीण विकास गर्न बजेटका उद्देश्य तथा प्राथमिकता निम्न अनुसार तय गरेको छु :

(क) “हाम्रो धनगढी, हामी बनाउँछौँ” अभियानका साथै “हाम्रो धनगढी, सफा धनगढी” अभियानलाई उच्च प्राथमिकता दिँदै उपमहानगर क्षेत्रभित्र अतिक्रमणमा रहेका तालतलैया, खोलानाला, जग्गा लगायतका सार्वजनिक सम्पत्तिलाई पूर्ववत् अवस्थामा फर्काई व्यवस्थापन गर्ने

(ख) “हाम्रो चाहना उपमहानगरबासीको सु–स्वास्थको कामना” भन्ने नारालाई अभियानको रुपमा सञ्चालन गरी नगरबासीलाई सर्वसुलभ रुपमा स्वास्थ्य तथा शिक्षा लगायतका आधारभूत आवश्यकतामा नगरबासीहरुको पहुँच स्थापित गर्ने ।

(ग) गुणस्तरीय र दिगो पूर्वाधार निर्माण मार्फत उपमहानगरलाई “बसोबास योग्य हरित सहर : समुन्नत धनगढी उपमहानगर”को रुपमा विकास गर्ने ।

(घ) सामुदायिक विद्यालयको गुणस्तर सुधार कार्यक्रम का लागि “एक वडा एक नमूना विद्यालय” विकास गर्ने कार्यलाई निरन्तरता दिदै समग्र सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरमा अभिवृद्धि गर्ने ।

(ङ) प्राथमिकताका आधारमा उपमहानगरको स्थानीय आवश्यकता पहिचानगरी स्थानीय विकास साझेदार निकायहरुसँगको समन्वय सहकारीता र साझेदारी गर्दै कृषि तथा पशुपक्षी, उद्योग, वन तथा वातावरण र पर्यटन क्षेत्रको प्रवर्द्धन गर्ने ।’

स्वतन्त्र उम्मेदवारबाट नगरप्रमुखमा विजयी भई धनगढीको विकास र समुन्नतिका लागि क्रियाशील रहेको भन्दै गोपाल हमाल निकै चर्चित मेयरमा पर्छन् । उनी चर्चामा आउन नचाहने मेयरको रुपमा समेत चिनिएका छन् ।

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १५:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update