Odapalika - The Fourth Estate - चौथो अंग
५ पटक विज्ञापन गर्दापनि  पाइएन मावि शिक्षक 

इलाम । माइ नगरपालिका–१ स्थित युवावर्ष माध्यमिक विद्यालयले माध्यमिक तहमा विज्ञान विषय पढाउने शिक्षक मागेर ३२ साउनमा ५औँ पटक विज्ञापन गरेपनि अहिलेसम्म शिक्षक पाउन सकेको छैन । 

शिक्षक नपाएपछि नगरपालिकाको वेवसाइटमार्फत विज्ञाापन प्रकाशन गरेको विद्यालयले ३ भदौभित्र निवेदन मागेपनि आजसम्म आवेदन नपरेको शिक्षक छनोट समितिले जनाएको छ । 

विज्ञापन_11692433817.jpg

विद्यालयले विज्ञान विषय लिएर विएड वा सो सरह उत्तीर्ण योग्यता भइ शिक्षक लाइसेन्स भएकाले आवेदन दिन सक्ने भनेको छ । 

१८ वर्ष पुरा भएर ४० वर्ष नकटेका जो कोहीले निवेदन दिन सक्ने विद्यालयको सूचनामा उल्लेख छ । तर हालसम्म यस्तो योग्य शिक्षक नपाएकै कारण ५ पटकसम्म निवेदन माग गर्नुपरेको विद्यालयले जनाएको छ । 

विज्ञापन_11692433817.jpg

माइ नगरपालिका–१० मा रहेको सिंह आदर्श आधारभूत विद्यालयले पनि विज्ञान र गणित विषय वढाउने निमावि तहका २ जना शिक्षक मागेर दोस्रो पटक विज्ञापन प्रकाशन गरेको छ । 

आइएस्सी पास गरी शिक्षक अनुमति पत्र भएका व्यक्तिले आवेदन दिन सकिने भएपनि हालसम्म कसैको आवेदन नपरेको विद्यालयले जनाएको छ । 

विद्यालयले ६ भदौसम्ममा आवेदन दिन भन्दै गत ३२ साउनमै दोस्रोपटक विज्ञापन प्रकाशन गरेको जनाएको छ । 

 

 

 
 

प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  १४:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update