Odapalika - The Fourth Estate - चौथो अंग
इजिप्टमा प्राचीन चिहानको उत्खनन गर्न बालबालिकाको ‘बलि’ !

काठमाडौं । इजिप्टमा पुरातात्त्विक अवशेषको अवैध उत्खननमा बालबालिकाको ‘बलि’ दिएको दाबी गरिएको छ । एक आठ वर्षीय बालकको हात काटिएको अवस्थामा शव भेटिएपछि अभियोजकहरूले यस्तो दाबी गरिएको बीबीसीले जनाएको छ । 

माथिल्लो इजिप्टस्थित आसियट प्रशासनिक क्षेत्रको खेती गर्ने गरिएको जमिनमा बालक हराएको चार दिनपछि शव फेला परेको बालकको पिता इस्साम अबु अल–वफाले बताए । बालकको हत्यासँग सम्बन्धित भएको आशङ्कामा प्रहरीले तीन दाजुभाइलाई पक्राउ गरेको छ।

पक्राउ परेका दुईजनाले पुरातात्त्विक सामग्री अन्वेषकलाई बालकको हात बेच्ने अपराध गरेको स्वीकार गरेको सार्वजनिक अभियोजकहरूले बताए । पक्राउ परेका उनीहरुका अनुसार  बालकको हात जमिनमुनि पुरिएको प्राचीन खजानाको अवैध उत्खननका निम्ति प्रयोग गर्न अन्वेषकले किनेका हुन् । 

सो घटनालाई लिएर सामाजिक सञ्जालहरूमा आक्रोशित प्रतिक्रियाहरू दिँदै मानिसहरुले अपराधीहरूलाई कठोर सजाय दिइनुपर्ने माग गरेका छन्।

यसअघि सन् २०२१ सेप्टेम्बरमा एक बालकको हत्यामा पनि प्राचीन चिहान खोल्नका लागि आत्मालाई बलि चढाएको आरोपीले स्वीकार गरेका थिए।

प्राचीन खजानाको खोजीमा मानव जीवन बलि दिने अपराध इजिप्टमा पहिल्यैदेखि परिचित रहेको समाचार बीबीसीले प्रकाशित गरेको छ ।

इजिप्टको दण्डसंहिताले ‘राज्यको स्वामित्वमा रहेको सम्पत्तिको चोरी गर्ने, लुकाउने तथा त्यसमा कुनै पनि असर पर्ने कार्यमा सहभागी हुने कुनै पनि व्यक्तिमाथि पाँच वर्षदेखि सात वर्षसम्मको जेल सजाय र तीन हजारदेखि पचास हजार पाउन्डसम्म जरिवाना हुने’ निर्धारण गरेको छ । बीबीसी
 

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १७:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update