Odapalika - The Fourth Estate - चौथो अंग
अब बिहे गर्न वडाको सिफारिस अनिवार्य 

दैलेख । दुल्लू नगरपालिकाको १२ नम्बर वडाले बिहे गर्नुअघि वडाबाट अनिवार्य रुपमा सिफारिस लिनुपर्ने निर्णय गरेको छ । आगामी साउन १ गतेदेखि वडावासीले बिहे गर्नुअघि अनिवार्य रुपमा वडाबाट सिफारिस लिनुपर्ने निर्णय भएको वडा अध्यक्ष लिलाराम लम्सालले जानकारी दिए । 

यसबारे बुधबार नै सार्वजनिक सूचना निकालेर वडा कार्यालयले वडावासीलाई जानकारी गराएको छ । यही असार २१ गते बसेको वडा समितिको बैठकले बिहेका लागि अनिवार्य रुपमा वडाको सिफारिस चाहिने निर्णय गरेको बुधबार जारी सूचनामा उल्लेख छ । 

दुल्लू नगरपालिकाअन्तर्गत १२ नम्बर वडाको वडा समितिको मिति २०८१÷०३÷२१ गते बसेको बैठकको निर्णयअनुसार वडा क्षेत्रमा बसोबास गर्ने जो कोही व्यक्तिले विवाह गर्दा अनिवार्य वडा कार्यालयको सिफारिस लिनुपर्ने भन्ने भएकाले मिति २०८१ साउन १ गतेदेखि विवाह गर्दा अनिवार्य सिफारिस लिनुहुन सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिन्छ,’ वडा कार्यालयले प्रकाशित गरेको सूचनामा उल्लेख छ । 

वडा कार्यालयका अनुसार विवाहअघि सिफारिस लिनुपर्ने व्यवस्थाले बालविवाह रोक्न सहयोग पुग्ने अपेक्षा छ ।

bihe-dullu-1-1720700585.png
 

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १८:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update