Odapalika - The Fourth Estate - चौथो अंग
कांग्रेस–एमालेप्रति प्रधानमन्त्रीको कटाक्ष– दुई दल मिल्न मध्यराति कुर्नुपर्छ ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुशासनको डर र भयले कांग्रेस–एमालेको गठबन्धन बनेको आरोप लगाएका छन् । 

शुक्रबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्ने प्रस्ताव प्रस्तुत गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले संसदको पहिलो र दोस्रो प्रतिस्पर्धी दलले सरकार बनाउँदा निरंकुश हुने बताए ।

संसदीय अभ्यासमा संसद्को पहिलो र दोस्रो दलले मिलेर सरकार बनाउने परम्परा पनि नरहेको भन्दै उनले यी दुई दलले सरकार बनाउँदा निरंकुश हुने विश्वास गरिन्छ । 

दुई ठूला दल मिल्न मध्यराति नचाहिने भन्दै उनले कांग्रेस र एमालेप्रति कटाक्ष गरे । 
 

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १२:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update