Odapalika - The Fourth Estate - चौथो अंग
संसद्‌मा प्रधानमन्त्रीको प्रश्न– अल्पमतमा परेपछि संसद् विघटन गर्नेले नैतिकताको पाठ पढाउने ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अल्पमतमा परेपछि संसद् विघटन गर्नेले आफूलाई नैतिकताको पाठ पढाउन खोजेको टिप्पणी गरेका छन् । 

शुक्रबार प्रतिनिधिसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने क्रममा उनले आफू अल्पमतमा परेपछि संसद् विघटन गर्नेले आफूलाई नैतिकता पढाएको भन्दै नेकपा एमालेप्रति कटाक्ष गरेका हुन् ।  

‘आफू अल्पमतमा परेपछि संसद् विघटन गर्ने बानी परेका र त्यसको समर्थन गरेका साथीहरुले मलाई नैतिकताको पाठ पढाउने प्रयास गर्नुभयो । साथीहरुलाई यति भन्न चाहन्छु यो संविधानमा नेकपा माओवादी केन्द्रको सबैभन्दा ठूलो लगानी छ । यसलाई कमजोर बनाउन दिने छैन,’ प्रधानमन्त्री प्रचण्डले भने । 

नेकपा एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अल्पमतमा परेपछि प्रतिनिधिसभा विघटन गरेका थिए । प्रधानमन्त्री प्रचण्डले अल्पमतमा परिरेको बेला नेकपा एमालेले कस्ता कस्ता रणनीति निर्णय गरेको थियो रेकर्डमा सुरक्षित रहेको बताए ।
 

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १२:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update