Odapalika - The Fourth Estate - चौथो अंग
कांग्रेस–एमालेलाई प्रधानमन्त्रीको चेतावनी– संविधान संशोधनका नाममा देशलाई द्वन्द्वतिर लैजान नखोज्नू

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनका नाममा देशलाई द्वन्द्वतिर नलैजान नखोज्न चेतावनी दिएका छन् । 

शुक्रबार प्रतिनिधिसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले कांग्रेस–एमाले गठबन्धनलाई संविधान संशोधनका नाममा देशलाई द्वन्द्वतिर नलैजान नखोज्न चेतावनी दिएका हुन् । उनले आफू सशस्त्र युद्धमा भने नजाने स्पष्ट पारे । 

सहमति नाघेर र छलछाममा लागेर संविधान संशोधनका नाममा राष्ट्रलाई अनावश्यक द्वन्द्वतिर नलैजान भन्दै उनले भने, ‘सबै ऐतिहासिक र युगान्तकारी घटनाको एक प्रमुख नेताको हैसियतले म साथीहरूलाई भन्छु, सहमति नाघेर र छलछाममा लागेर संविधान संशोधनका नाममा राष्ट्रलाई अनावश्यक द्वन्द्वतिर नलैजानुस् ।’

कांग्रेस र एमालेबीच बनेको गठबन्धन षड्यन्त्रका लागि बनेको सहमति भएको समय र स्थानले पुष्टि गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘नियत सही हुन्थ्यो भने राष्ट्रिय सहमतिको विमर्श यही सम्मानित संसदमा सुरू गर्न सकिन्थ्यो। तपाईँहरू विमर्श होइन, षड्यन्त्रमा हुनुहुन्छ भन्ने तथ्य तपाईँहरूले सहमति गरेको ठाउँ र समयबाट पुष्टि हुन्छ। स्वाभाविक र विवेकसम्मत काम गर्दा त्यो तहको डर हुँदैन ।’
 

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १३:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update