Odapalika - The Fourth Estate - चौथो अंग
आजको मौसमः लुम्बिनीबाहेक अन्यत्र घमाइलो 

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर मौसम आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । 

विभागले आइतबार लुम्बिनी प्रदेशसहित अन्य प्रदेशको पहाडी भू–भागमा वर्षाको सम्भावना रहेको जनाएको हो । कोशी, बागमती र गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि विभागले जनाएको छ । 

हाल कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ । हाल कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ । 

हाल मनसुनको न्यूनचापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास र पुर्वतर्फ सरदर स्थानको दक्षिणमा छ ।  साथै भारतको मध्यप्रदेश र आसपासमा रहेको न्यूनचापिय क्षेत्रको समेत आंशिक प्रभाव रहेकोले आज देशभर मौसम सामान्य बदली रहनेछ । 

दिउँसो लुम्बिनी प्रदेशसहित देशका पहाडी भू–भागको केही स्थानहरूमा र बाँकी भू–भागको थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले उल्लेख गरेको छ ।

राति कोशी, बागमती र गण्डकी  प्रदेशको एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ । साथै सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने प्रक्षेपण विभागले गरेको छ । 
 

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  ०७:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update