Odapalika - The Fourth Estate - चौथो अंग
प्रचण्डको १९ महिने सरकारको यात्रामा सबै दलले लिए लाभ, को–को भए मन्त्री (नामसहित)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अर्काे उत्तराधिकारी सरकारको पर्खाइमा छ । काम चलाउ सरकारको हैसियतमा रहेका प्रचण्ड नेतृत्वको सरकारलाई कांग्रेस–एमाले गठबन्धन सरकारले विस्थापित गर्दै छ । 

२०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले भोलिपल्ट पुस ११ मा शपथग्रहण गर्दै मन्त्रिपरिषद् गठन गरेका थिए । पहिलोपटक आठ सदस्यीय मन्त्रिपरिषद् गठन गरेर तेस्रोपटक सत्तारोहण गरेका प्रधानमन्त्री प्रचण्डले २०८१ असार २८ गतेसम्म आउँदा २० पटक मन्त्रिपरिषद् पुनर्गठन गरे । 

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले पहिलोपटक विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ, रवि लामिछाने, ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्रकुमार राई र अब्दुल खानलाई सरकारमा सहभागी गए । तर, पौडेललाई अर्थ, श्रेष्ठलाई भौतिक पूर्वाधार, लामिछानेलाई गृह मन्त्रालयको जिम्मेवारी दिए पनि बाँकीलाई पछि तोकिने गरी सरकारमा सहभागी गराएका थिए । 

यसपछि प्रधानमन्त्री प्रचण्डले दोस्रोपटक २०७९ माघ ३ गते पुनर्गठन गर्दै २७ सदस्यीय मन्त्रिपरिषद् बनाएका थिए । 

१.पुष्पकमल प्रचण्ड,  प्रधानमन्त्री

२. विष्णुप्रसाद पौडेल, उपप्रधानमन्त्री अर्थ

३. श्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री तथा भौतिक 

४. रवि लामिछाने, उपप्रधानमन्त्री गृह

५. राजेन्द्रप्रसाद लिङ्देन, उपप्रधानमन्त्री ऊर्जा

६. रेखा शर्मा, मन्त्री सञ्चार तथा सूचना प्रविधि

७. विक्रम पाण्डे, मन्त्री सहरी विकास

८. ज्वाला कुमारी साह, मन्त्री कृषि तथा पशुपंक्षी विकास

९. दामोदर भण्डारी, मन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति

१०. राजेन्द्रकुमार राई, मन्त्री भूमि व्यवस्था

११. अब्दुल खान, मन्त्री खानेपानी

१२. डा. विमला राई पौड्याल, मन्त्री परराष्ट्र

१३. पदम गिरी, मन्त्री स्वास्थ्य तथा जनसंख्या

१४. भगवती चौधरी, मन्त्री महिला, बालबालिका 

१५. हरिप्रसाद उप्रेती, मन्त्री रक्षा

१६. सुदन किराँती, मन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

१७. अमनलाल मोदी, मन्त्री संघीय मामिला  

१८. शिशिर खनाल, मन्त्री शिक्षा, विज्ञान तथा प्रविधि

१९. डोलप्रसाद अर्याल, मन्त्री श्रम, रोजगार  

२०. ध्रुवबहादुर प्रधान, मन्त्री कानुन, न्याय  

२१. सुशीला सिर्पाली ठकुरी, राज्यमन्त्री संस्कृति पर्यटन

२२. तोसिमा कार्की, राज्यमन्त्री स्वास्थ्य तथा जनसंख्या 

२३. दीपकबहादुर सिंह, राज्यमन्त्री ऊर्जा, जलस्रोत 

दोस्रोपटक मन्त्रिपरिषद् पुनर्गठन गर्न मन्त्रिपरिषद्‌मा विनाविभागीय सदस्यलाई मन्त्रालयको जिम्मेवारी दिइएको थियो । 

२०७९ माघ १४ गते प्रधानमन्त्री प्रचण्डले उपप्रधानमन्त्री एवं गृह मन्त्री रवि लामिछानेले मन्त्री पदबाट राजीनामा दिएपछि गृह मन्त्रालयको कार्यभार आफैंले सम्हाल्नेगरी तेस्रोपटक मन्त्रिपरिषद् पुनगर्गठन गरेका थिए । 

२०७९ माघ २३ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले मन्त्री पदबाट राजीनामा स्वीकृत भएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कार्यभार आफैंले सम्हाल्ने गरी प्रधानमन्त्री प्रचण्डले चौथोपटक मन्त्रिपरिषद् पुनर्गठन गरे । 

२०७९ फागुन १४ गते उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री राजेन्द्रप्रसाद लिङ्देन, सहरी विकास मन्त्री विक्रम पाण्डे र कानुन न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधानले मन्त्री पदबाट दिएको राजीनामा स्वीकृत भएपछि ती मन्त्रालयको जिम्मेवारी आफैँले सम्हाल्ने गरी पाँचौँपटक मन्त्रिपरिषद् पुनर्गठन गरे । 

२०७९ फागुन १६ गते छैटौँपटक मन्त्रिपरिषद् पुनर्गठन गर्दै प्रधानमन्त्री प्रचण्डले आठजना मन्त्री थपे । छैटौँपटक मन्त्रिपरिषद् पुनर्गठन हुँदा मन्त्री भएकाहरू :

१. विष्णुप्रसाद पौडेल, उपप्रधान एवं अर्थ 

२. ज्वाला कुमारी साह, मन्त्री कृषि तथा पशुपंक्षी विकास 

३. दामोदर भण्डारी, मन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति  

४. राजेन्द्रकुमार राई, मन्त्री भूमि व्यवस्था, सहकारी  

५. डा. विमला राई पौड्याल, मन्त्री परराष्ट्र 

६. पदम गिरी, स्वास्थ्य तथा जनसंख्या

७. भगवती चौधरी, मन्त्री महिला, बालबालिका

८. हरिप्रसाद उप्रेती, मन्त्री रक्षा 

२०७९ चैत १७ गते सातौँपटक पुनर्गठन गर्दै प्रधानमन्त्री प्रचण्डले १७ सदस्यीय मन्त्रिपरिषद् बनाएका थिए । 

१. पुष्पकमल दाहाल प्रचण्ड,  प्रधानमन्त्री

२. पूर्णबहादुर खड्का, उपप्रधान तथा मन्त्री रक्षा

३. नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा मन्त्री गृह

३. बेदुराम भुसाल, मन्त्री कृषि तथा पशुपंक्षी विकास

५.अशोककुमार राई, मन्त्री शिक्षा, विज्ञान तथा प्रविधि

६.शरदसिंह भण्डारी, मन्त्री रोजगार तथा सामाजिक सुरक्षा

७. प्रकाशशरण महत, मन्त्री अर्थ

८.महिन्द्र राय यादव, मन्त्री महिला, बालबालिका  

९. शक्तिबहादुर बस्नेत, मन्त्री ऊर्जा, जलस्रोत

१०. श्री रेखा शर्मा, मन्त्री सञ्चार तथा सूचना प्रविधि

११. सुदन किराँती, मन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

१२. अमनलाल मोदी, मन्त्री संघीय मामिला

१३. प्रकाश ज्वाला, मन्त्री भौतिक पूर्वाधार तथा यातायात

१४. रञ्जिता श्रेष्ठ, मन्त्री भूमि व्यवस्था 

१५. रमेश रिजाल, मन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति

१६. सीता गुरूङ, मन्त्री सहरी विकास

१७. श्री सुशीला सिर्पाली ठकुरी, राज्यमन्त्री संस्कृति, पर्यटन  

प्रधानमन्त्री प्रचण्डले २०८० वैशाख ३ गते आठौँपटक मन्त्रिपरिषद् पुनर्गठन गर्दै परराष्ट्र मन्त्रीमा नारायण प्रकाश साउद र भौतिक पूर्वाधार राज्यमन्त्री नन्दा चपाईंलाई सरकारमा सहभागी गराए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सरकारलाई २०८० वैशाख ५ गते नवौँपटक पुनर्गठन गरे । प्रधानमन्त्री प्रचण्डले आफ्नो सरकारमा कानुन न्याय तथा संसदीय मामिला मन्त्रीको जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिए । 

२०८० वैशाख २० प्रधानमन्त्री प्रचण्डले १०औँपटक मन्त्रिपरिषद् पुनर्गठन गरे । उनले यसपटक तीनजनालाई सरकारमा सहभागी गराए । 

१. धनराज गुरुङ, मन्त्री कानुन, न्याय

२. मोहनबहादुर बस्नेत, मन्त्री स्वास्थ्य तथा जनसंख्या 

३. डिगबहादुर लिम्बू, मन्त्री युवा तथा खेलकुद 

१०औँपटक मन्त्रिपरिषद् पुनर्गठन गरेको चार दिनमै प्रधानमन्त्री प्रचण्डले २०८० वैशाख २४ गते ११औँपटक सरकार पुनर्गठन गरेका थिए । यस बेला दुईजनालाई सरकारमा सहभागी गराए । 

१. सुरेन्द्रराज आचार्य, मन्त्री महिला, बालबालिका 

२. महिन्द्रा राय यादव, मन्त्री खानेपानी

यसको दुई हप्तामै प्रधानमन्त्री प्रचण्डले १२औँपटक मन्त्रिपरिषद् पुनर्गठन गरे । २०८० जेठ ९ गते प्रधानमन्त्री प्रचण्डले दुईजनालाई सरकारमा सहभागी गराएर १२औँपटक मन्त्रिपरिषद् पुनर्गगठ गरे । 

१. वीरेन्द्रप्रसाद महतो, मन्त्री वन तथा वातावरण

२. प्रमिला कुमारी, राज्यमन्त्री शिक्षा 

यसैगरी, २०८०  साउन २९ गते प्रधानमन्त्री प्रचण्डले १३औँपटक मन्त्रिपरिषद् पुनर्गठन गरे । यस बेला प्रधानमन्त्री प्रचण्डले एकजनालाई सरकारमा सहभागी गराए । 

१. अनिता देवी, मन्त्री संघीय मामिला तथा सामान्य प्रशासन 

२०८० साउन ११ गते प्रधानमन्त्री प्रचण्डले १४औँपटक मन्त्रिपरिषद् पुनर्गठन गरे । सहयात्री कांग्रेससहितका दलले सरकार छाडेपछि एमाले र रास्वपालाई सरकारमा सहभागी गराउँदै प्रधानमन्त्री प्रचण्डले सरकार पुनर्गठन गरेका हुन् । तर, चार सदस्यीय मन्त्रिपरिषद्मा तीनजनालाई विनाविभागीयको रुपमा सहभागी गराए । 

१. पुष्पकमल दाहाल प्रचण्ड, प्रधानमन्त्रीसहित सबै मन्त्रालय

२. हितबहादृुर तामाङ, मन्त्री विनाविभागीय

३. पदम गिरी, मन्त्री विनाविभागीय 

४. डोलप्रसाद अर्याल, मन्त्री विनाविभागीय 

१४औँपटक मन्त्रिपरिषद् पुनर्गठन गर्दा विनाविभागीय रहेका मन्त्रीलाई जिम्मेवारी तोक्दै प्रधानमन्त्री प्रचण्डले २०८० फागुन २३ गते १५औँपटक मन्त्रिपरिषद् पुनर्गठन गरे । यस बेला प्रधानमन्त्री प्रचण्डले २० सदस्यीय मन्त्रिपरिषद् बनाए । 

१. पुष्पकमल दाहाल प्रचण्ड, प्रधानमन्त्री

२. रघुवीर महासेठ, उपप्रधान तथा मन्त्री भौतिक पूर्वाधार 

३. नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा मन्त्री परराष्ट्र

४. रवि लामिछाने, उपप्रधान तथा मन्त्री गृह

५.वर्षमान पुन, मन्त्री अर्थ  

६. शक्तिबहादुर बस्नेत, मन्त्री ऊर्जा 

७. भानुभक्त जोशी, मन्त्री संघीय मामिला 

८. हितबहादुर तामाङ, मन्त्री संस्कृति, पर्यटन  

९. रेखा शर्मा, मन्त्री सञ्चार तथा सूचना प्रविधि

१०. पदम गिरी, मन्त्री कानुन, न्याय 

११. ज्वालाकुमारी साह, मन्त्री कृषि 

१२. बलराम अधिकारी, मन्त्री भूमि व्यवस्था 

१३. दामोदर भण्डारी, मन्त्री उद्योग, वाणिज्य

१४. भगवती चौधरी, मन्त्री महिला, बालबालिका 

१५. राजेन्द्रकुमार राई, मन्त्री खानेपानी

१६. हरिप्रसाद उप्रेती, मन्त्री रक्षा

१७. धनबहादुर बुढा, मन्त्री सहरी विकास

१८. डोलप्रसाद अर्याल, मन्त्री श्रम, रोजगार  

१९. सुमना श्रेष्ठ, मन्त्री शिक्षा, विज्ञान तथा प्रविधि

२०.विराजभक्त श्रेष्ठ, मन्त्री युवा तथा खेलकुद

२०८० फागुन २७ गते प्रधानमन्त्री प्रचण्डले दुई मन्त्री नियुक्त गर्दै १६औँपटक पुनर्गठन गरेर २२ सदस्यीय मन्त्रिपरिषद् बनाए । 

१. पुष्पकमल दाहाल प्रचण्ड, प्रधानमन्त्री

२. रघुवीर महासेठ, उपप्रधान तथा मन्त्री भौतिक पूर्वाधार 

३. नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा मन्त्री परराष्ट्र

४. रवि लामिछाने, उपप्रधान तथा मन्त्री गृह

५. उपेन्द्र यादव, उपप्रधान तथा मन्त्री स्वास्थ्य 

६. वर्षमान पुन, मन्त्री अर्थ  

७. शक्तिबहादुर बस्नेत, मन्त्री ऊर्जा 

८. भानुभक्त जोशी, मन्त्री संघीय मामिला 

९. हितबहादुर तामाङ, मन्त्री संस्कृति, पर्यटन  

१०. रेखा शर्मा, मन्त्री सञ्चार तथा सूचना प्रविधि

११. पदम गिरी, मन्त्री कानुन, न्याय 

१२. ज्वालाकुमारी साह, मन्त्री कृषि 

१३. बलराम अधिकारी, मन्त्री भूमि व्यवस्था 

१४. दामोदर भण्डारी, मन्त्री उद्योग, वाणिज्य

१५. भगवती चौधरी, मन्त्री महिला, बालबालिका 

१६. राजेन्द्रकुमार राई, मन्त्री खानेपानी

१७. हरिप्रसाद उप्रेती, मन्त्री रक्षा

१८. धनबहादुर बुढा, मन्त्री सहरी विकास

१९. डोलप्रसाद अर्याल, मन्त्री श्रम, रोजगार  

२०. सुमना श्रेष्ठ, मन्त्री शिक्षा, विज्ञान तथा प्रविधि

२१. विराजभक्त श्रेष्ठ, मन्त्री युवा तथा खेलकुद

२२. नवलकिशोर साह सुडी, मन्त्री वन तथा वातावरण 

 

यसपछि प्रधानमन्त्री प्रचण्डले २०८० चैत १२ गते १७औँपटक मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । यसपटक प्रधानमन्त्री प्रचण्डले एक राज्यमन्त्री थपे । 

१. दीपक कार्की, राज्यमन्त्री 

२०८१ वैशाख ३१ गते प्रधानमन्त्री प्रचण्डले १८औँपटक मन्त्रिपरिषद् पुनर्गठन गर्दै एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गरे । 

१. प्रदीप यादज, मन्त्री स्वास्थ्य 

२. हसिना खान, राज्यमन्त्री स्वास्थ्य तथा जनसंख्या 

एमालेबाट सरकारमा सहभागी भएका मन्त्रीले  राजीनामा दिएपछि प्रधानमन्त्री प्रचण्डले १९औँपटक मन्त्रिपरिषद् पुनर्गठन गरे । एमालेबाट सरकारमा सहभागी भएका उपप्रधानमन्त्री एवम्  भौतिक पूर्वधारमन्त्री रघुबीर महासेठ, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, कृषि तथा पशुपन्छी विकासमन्त्री  ज्वालाकुमारी साह, भूिम व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी, खानेपानीमन्त्री राजेन्द्रकुमार राई र रक्षामन्त्री श्री हरिप्रसाद उप्रेतीले २०८१ असार २३ गते पदबाट राजीनामा दिए । उनीहरुको राजीनामा स्वीकृत गर्दै सो मन्त्रालयको जिम्मेवारी आफूले सम्हाल्ने गरी प्रधानमन्त्री प्रचण्डले १९औँपटक मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । 

यसपछि २०८१ असार २४ गते प्रधानमन्त्री प्रचण्डले २०औँपटक मन्त्रिपरिषद् पुनर्गठन गरे । जसपाका मन्त्रीले दिएको राजीनामा स्वीकृत गर्दै उनले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । जसपाबाट सरकारमा सहभागी भएका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादव, वन तथा वातावरणमन्त्री नवलकिसोर साह सुडी रस्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हसिना खानले राजीनामा दिएपछि उनीहरुले सम्हाल्दै आएको मन्त्रालयको जिम्मेवारी आफैँले हेर्नेगरी प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले २०औँपटक मन्त्रिपरिषद् पुनर्गगठन गर्दा केही साना दलबाहेक सबै दलले लाभ लिएका छन् भने कयौँ नेता मन्त्रीमा दोहोरिएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको १९ महिने सरकारको यात्रामा कांग्रेस, एमाले, रास्वपा, राप्रपा, जनमत, जसपा, जसपा नेपाल, लोसपा, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टीलगायत दलका नेताहरु मन्त्री बनेका छन् । यसबीचमा पार्टी सरकारबाट बाहिरिने र भित्रिने क्रम चलिरह्यो । सरकारलाई दिएको समर्थन फिर्ता लिने र दिने एउटै पार्टीबाट दोहोरियो । जसले गर्दा शुक्रबार ( २०८१ असार २८) प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा पाँचौँपटक विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नुप¥यो । तर, चारपटकसम्म विश्वासको मत पाएर सरकार जोगाएका प्रचण्डले पाँचौँपटकमा विश्वास गुमाएर सरकारबाट बाहिरिनुपरेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update