Odapalika - The Fourth Estate - चौथो अंग
धनुले दिल खाेरेर खर्च गर्दा अरू राशिकाे कस्ताे छ व्ययकाे हिसाव ?

तपाईँको आज 

मेष (चु चे चो ला लि लु ले लो अ )

आज थातिरहेका काम बन्नेछन् । सन्तानको लागि राम्रो अवसर मिल्नेछ । रमाइलो भेटघाट हुनेछ । परिवारको सामिप्यताले मन आनन्दित हुनेछ । विद्यामा सफलता पाइनेछ ।

वृष (इ उ ए ओ बा बि बु बे बो )

आज विरोधीले समस्या देलान् । मित्रवर्गहरु बिछोडिने छन् । शत्रुको कारण काममा अवरोध होला । खर्चिलो दिन हुनेछ ।  

मिथुन (का कि कु घ ङ छ के को ह )

तपाईँको आज सोचेजस्तो दिन हुनेछ । परिवारको साथले मन आनन्दित हुनेछ । पराक्रम बढ्ने छ । यात्रादि कार्यमा सफलता प्राप्त हुनेछ । आय आर्जनमा वृद्धि हुनेछ ।

कर्कट ( हि हु हे हो डा डि डु डे डो )

स्वास्थमा समस्या देखिनेछ । कुरा काट्नेहरु टन्नै हुनेछन् । गरेको काम बिगार्ने होलान् । भेटघाटको अवसर भने जुर्नेछ । खर्च गर्दा सोचेर मात्र गर्नुहोला । 

सिंह (मा मि मु मे मो टा टि टु टे )

धर्मिक कार्यमा सरिक भइनेछ । सामाजिक कार्यमा संलग्न भइनेछ । जोश जाँगरले सजिलै काम बन्नेछ । बोलीले अरुलाई प्रभावित पार्नु हुनेछ ।

कन्या (टो प पि पु ष ण ठ पे पो)

आज पितृसुख पाइनेछ । स्थायी श्रीसम्पत्ति प्राप्त हुनेछ । लेनदेनको कारण अलिक व्यस्त रहनु पर्नेछ । कर्मक्षेत्र बलियो रहेको छ ।

तुला (र रि रु रे रो ता ति तु ते)

आज भेटघाटमा दिन बित्नेछ । धन प्राप्तिको अवसर जुर्नेछ । आजको यात्रा सुखद हुनेछ । बन्धुहरुसँग सामान्य विचार विमर्ष होला । तपार्इँको तर्कले उच्च स्थान पाउनेछ ।

वृश्चिक ( तो ना नि नु ने नो या यि यु )

आज तपाईँको धनको क्षति हुने दिन छ । गरेको कामबाट सन्तोष नहोला । दुःखको खबर सुन्न पर्नेछ । टाढाको यात्रा हुनेछ ।  

धनु ( ये यो भा भि भु ध फा ढा भे )

सही ठाउँमा दिल खोलेर खर्च गर्न पाइनेछ । समय अनुकूल रहेकाले काम बन्नेछन् । धर्म कर्ममा तन,मन जानेछ । पराक्रम बढ्नेछ ।  

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि )

आजको दिन अनुकूल नै रहेको छ । भेटघाट र रमाइलासँगे दिन बित्नेछ । सोचविचारका साथ गरिएको कामले पूर्णता पाउनेछ । 

कुम्भ ( गु गे गो सा सि सु से सो दा )

पराक्रममा वृद्धि हुनेछ । उपयोगी सामानको खरिद गर्नुहुनेछ । महत्वपूर्ण यात्रा रहनेछ । मन उत्साहित हुनेछ । वन्धुको सहयोग सकारात्मक हुनेछ । 

मीन (दि दु थ झ ञ दे दो चा ची ) 

आजको दिन मध्यम समय छ । भेटघाट र खानपिनमा रमाउनेछ ।  धैर्यताको साथ लिएर काम गर्नुहोला । मान सम्मान पनि प्राप्त होला । स्थायी सम्पति जोड्ने योग रहेको छ । 

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  ०६:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update