Odapalika - The Fourth Estate - चौथो अंग
ललितपुर महानगरले हटायो बालकुमारीदेखि च्यासलसम्मको सुकुम्बासी बस्ती (भिडियोसहित)

काठमाडौं । ललितपुर महानगरपालिकाले सुकुम्बासी बस्ती हटाएको छ । महानगरले आइतबार बागबालकुमारीदेखि च्यासलसम्मको सुकुमबासी बस्ती खाली गरेको हो । 

यही असार २१ गते सार्वजनिक सूचनामार्फत् सात दिनभित्र खाली गर्ने निर्देशन दिएको महानगरले आइतबार बस्तीमा रहेका घर टहरा भत्काएको हो । 

सूचनालाई बेवास्ता गर्दै बसेपछि आइतबार बिहान महानगरीय प्रहरीले सुकुम्बासी बस्तीका घर टहरा भत्काएर खाली गराएको हो ।  महानगर प्रहरी प्रमुख सीताराम हाछेथुसहित महानगरी प्रहरी बल बस्तीमा पुगेको थियो । 

वर्षाैँदेखि बसेका नदी किनारामा अनधिकृत रुपमा घर टहरा बनाएर बसेका थिए । नदी किनारमा बनाइएको अनधिकृत घर टहरा हटाएर सार्वजनिक जग्गामा सरकारको मातहतमा ल्याएको ललितपुर महानगरले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  १५:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update