Odapalika - The Fourth Estate - चौथो अंग
केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् ।

प्रधानमन्त्रीमा कांग्रेस र एमालेले गरेको संयुक्त दाबीको आधारमा आइतबार राष्ट्रपति पौडेलले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । 

प्रधानमन्त्रीको शपथग्रहण ज्योतिषीले जुराइदिएको साइतमा

गत शुक्रबार प्रधानमन्त्रीमा दाबी गर्न राष्ट्रपति पौडेलले आह्वान गरेलगत्तै कांग्रेसका सभापति शेरबहादुर देउवा र अध्यक्ष ओली शीतल निवास पुगेर ओलीलाई प्रधानमन्त्री बनाउन दाबी पेस गरेका थिए । ओलीलाई कांग्रेससहित जसपा, जनमत पार्टी, जसपा नेपाल, लोसपा, नागरिक उन्मुक्ति पार्टीको समेत समर्थन छ ।

oli-niyukta-1489x2048-1720959172.jpg
 

 

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  १७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update