Odapalika - The Fourth Estate - चौथो अंग
मनिष झाले सार्वजनिक गरे मुकुल ढकालमाथि कारवाहीको मेनु, कुटाइ खानेदेखि कृत्रिम दुर्घटनासम्म !

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले निवर्तमान महामन्त्री डा. मुकुल ढकालमाथिको कारवाहीको मेनु सार्वजनिक गरेका छन् । 

सामान्य मान्छेले पनि विश्वास गर्न नसक्ने दावी गर्दै राष्ट्रिय संचार माध्यमहरुमा अन्तरवार्ता दिदै हिडेका निवर्तमान महामन्त्ती ढकाललाई हुन सक्ने कारवाही बारे प्रवक्ता झाले घुमाउरो ढंगले चेतावनी दिएका छन् ।

प्रवक्ता झाले सामाजिक संजाल एक्स मार्फत ढकालको सम्भावित प्लान भन्दै उनीमाथि भौतिक अक्रमणसम्मको विषय उल्लेख गरेका छन् । र, प्रवक्ता झाले निवर्तमान महामन्त्री ढकाललाई राम्रो हेरचाह गर्न परिवारलाई सुझाव पनि दिएका छन् । यद्यपि, ढकाल मेडिकल डाक्टर हुन भने झा तथ्यांक व्यवसायी हुन् ।

प्रवक्ता झाले डा. ढकालमाथि सोझै कारवाहीको कुरा भने गरेका छैनन् । अरुवाट संचालन भएर पार्टीमाथि समस्या सिर्जना गर्न लागेको तर सफल नभएपछि पार्टी सभापति रवि लामिछाने र उपसभापति डा. स्वर्णिम वाग्लेमाथि आरोप लगाएको उनको आरोप छ । त्यस्तो आरोपले पनि नपुगेर अव डा. ढकालले कृत्रिम दुर्घटना गराएर त्यसको दोष पार्टीमाथि थोपर्न सक्ने भन्ने अनुमान वा चेतावनी प्रवक्ता झाले दिएका छन् ।

यस्तो छ झाले उल्लेख गरेका विषय:

स्पष्ट रूपमा अरूबाट परिचालित देखिनेगरि रास्वपामा समस्या खडा गर्न निरन्तर लागिरहेका पार्टीबाट कारबाहीमा समेत परेका मुकुल ढकालका योजनाहरू सारा विफल भएपछि अब उनी भिक्टिम कार्ड खेल्दै हुनुहुन्छ। 

प्रेस मिट गरे, साराले गाली गरे। 

टिकाराम यात्रीसँग अन्तर्वार्ता गरेर कसलाई के आरोप लगाउँदा जनताले पत्याउँछन् भन्ने सोचेर झुठ माथि झुठ बोले, जग हँसाइ भो, थप गाली खाए। अब मलाई कुट्न आँटे भनेर हल्ला मच्चाउदैछन, स्वर्णिम वाग्ले जस्तो शालीन व्यक्तिले त्यस्तो गर्नु होला भन्ने कुरा मान्छेले पत्याउलान् भन्ने अवस्थामा मुकुल जी पुगेछन। समानुपातिक लगायतका विषयमा पार्टी भित्र निरन्तर संवाद र बहस चलिरहेकै छ। 

मुकुलजीले खोजे अनुसार मिडियाले अझै अटेन्सन पनि देला।  

अब यसपछिको मुकुलजीको सम्भावित प्लान: 

- जिल्ला जिल्ला जाने, यसै गरी अन्ट सन्ट बोल्ने, कुटाई खाने प्रयास गर्ने र भन्ने रविले, स्वर्णिमले मान्छे लगाएर कुटाए।

- कुनै कृत्रिम दुर्घटनाको योजना बनाउने र दोष लगाउन खोज्ने।

- महामन्त्री अझै पनि मै हुँ भनेर अनधिकृत रूपमा पार्टी कार्यालय आउने, हुल हुज्जत गर्ने र गिरफ्तार हुने अनेकौँ प्रयास गर्ने 

- त्यसपछि फेरि पार्टी कार्यालय अगाडि आमरण अनसन बस्ने 

- अनेकौँ अप्रिय प्रयासहरू गर्ने र दोष पार्टी र नेताहरूलाई लगाउने। 

म एक शुभचिन्तकको नाताले मुकुलजीको परिवारलाई उहाँको राम्रो हेरचाह गर्न अनुरोध गर्दछु।

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  २२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update