Odapalika - The Fourth Estate - चौथो अंग
प्रधानमन्त्री ओलीद्वारा शपथग्रहण 

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री ओलीले शपथ लिएका हुन् ।

शपथ ग्रहरण समारोहमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालसहित पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरु, संघीय संसद्का सदस्य तथा विभिन्न क्षेत्रका व्यक्ति, कूटनीतिक नियोगका प्रतिनिधिहरु सहभागी थिए ।  

कांग्रेस, जसपा, जसपा नेपाल, जनमतलगायत दलहरूको दुई तिहाइको समर्थनमा एमालेका अध्यक्ष केपी ओली आइतबार प्रधानमन्त्री नियुक्त भएका हुन् । 

यही असार २८ गते प्रतिनिधिसभामा विश्वासको मत नपाएपछि पुष्पकमल दाहाल प्रचण्डल प्रधानमन्त्रीबाट पदमुक्त भएका थिए । 
 

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  ११:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update