Odapalika - The Fourth Estate - चौथो अंग
प्रधानमन्त्रीमा ओलीको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गरेको नियुक्ति बदरको माग गर्दै सर्वाेच्च अदालतमा रिट दर्ता भएको छ । 

अधिवक्ताहरु दीपक अधिकारी, खगेन्द्रप्रसाद चापागाईं र शैलेन्द्रकुमार गुप्ताले कानुनविपरीत राष्ट्रपति पौडेलले गरेको ओलीलाई प्रधानमन्त्री नियुक्ति बदर गर्नुपर्ने मागसहित सोमबार सर्वाेच्च अदालतमा रिट दायर गरेका हुन् । उक्त रिटमाथिको सुनुवाइ साउन ६ गते हुनेछ ।

आइतबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६को उपधारा २ अनुसार ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । तर, पूर्ववर्ती प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सोही उपधारा अनुसार नियुक्त भएको र संसद्बाट विश्वासको मत नपाएर पदमुक्त भएपछि अब उपधारा ३ अनुसार प्रधानमन्त्री नियुक्त गर्नुपर्ने रिटकर्ताहरुको दाबी छ । 
 

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १३:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update