Odapalika - The Fourth Estate - चौथो अंग
इटहरी उपमहानगरपालिकाले एचआईभी संक्रमित बालबालिकालाई पोषण भत्ता दिने 

काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिकाले नगरभित्रका एचआईभी संक्रमित बालबालिकालाई पोषण भत्ता दिने भएको छ । इटहरीले आर्थिक वर्ष २०८१/०८२ देखि एचआईभी संक्रमित बालबालिकालाई पोषण भत्ता दिने भएको हो । 

आर्थिक वर्ष २०८१÷०८२ को नीति, कार्यक्रम तथा बजेटमा ‘१८ वर्षमुनिको एचआईभी संक्रमित बालबालिकाहरुको लागि मासिक पोषण खर्चबापत रु १००० उपलब्ध गराइनेछ’ उल्लेख छ । 

साथै, सामुदायिक विद्यालयमा विद्यालय नर्सिङ कार्यक्रम सञ्चालन तथा विस्तार गरिने उल्लेख छ । 

इटहरीले मिर्गाैला प्रत्यारोपण, डायलासिस गराइरहेका, मेरुदण्डको पक्षघात, क्यान्सरजस्ता कडा रोगका बिरामीहरुको मासिक उपचार खर्च एकीकृत सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत पञ्जीकरण शाखामार्फत् बिरामीको व्यक्तिगत बैंक खातामा उपलब्ध गराउने भएको छ । 

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १३:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update