Odapalika - The Fourth Estate - चौथो अंग
रविलाई मुकुलको चेतावनी– म अर्को शालिकराम पुडासैनी बन्दिनँ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मुकुल ढकालले अर्को शालिकराम पुडासैनी नबन्ने चेतावनी दिएका छन् । सोमबार सामाजिक सञ्जालमा लेख्दै ढकालले यस्तो चेतावनी दिएका हुन् ।  

उनले  सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘रवि लामिछानेज्यू आफ्ना भक्तहरू प्रयोग गरेर व्यक्तिगत जीवन र मेरो परिवार समेतलाई अनेकन आक्षेप लगाउन थाल्नु भएछ । तपाइँ आफ्नो स्तर देखाउँदै हुनुहुन्छ । तपाइँ  जति सक्नुहुन्छ, गर्नुहोस्, मेरो शुभकामना छ । चिन्ता लिनु पर्दैन, मुकुल ढकाल अर्को शालिकराम पुडासैनी बन्दैन ।’

उनले रवि लामिछानेले आफ्ना भक्तहरू प्रयोग गरेर व्यक्तिगत जीवन र परिवार समेतलाई अनेकन आक्षेप लगाउन थालेको आरोप लगाएका छन् । 

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १४:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update