Odapalika - The Fourth Estate - चौथो अंग
गौशाला नगरको रमिता–२ः मेयरले खोसे उपमेयरको अधिकार, घुस काण्डपछि उपमेयरविरूद्ध कर्मचारीको धर्ना  

महोत्तरी । गौशाला नगरपालिकामा अनुगमन विना नै ठेकेदार तथा उपभोक्ता समितिलाई रकम भुक्तानी गर्ने गरेको पाइएको छ ।

उपप्रमुखको अनुगमन विना नै नगरप्रमुखको निर्देशनमा उक्त रकम भुक्तानी हुने गरेको पाइएको हो । उपप्रमुखले हस्ताक्षर गर्न अस्वीकार गरेको झन्डै १२ वटा फाइल सदर गरी रकम भुक्तानी भएको देखिएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार स्थानीय तहको उपप्रमुखले अनुगमन गरेर कार्यसम्पादन भएको हस्ताक्षर नगरेसम्म रकम भुक्तानी दिन नपाइने व्यवस्था छ । तर उपप्रमुखले अनुगमनका क्रममा चित्त नबुझाएका १२ वटा फाइल कसरी सदर गरियो भन्ने यतिवेला नगरपालिकामाथी गम्भीर प्रश्न वनेको छ ।

उपप्रमुख रेणु कुमारी महतोले पनि यो बिषयले आफू अचम्ममा परेको वताइन् । ‘कतिपय ठाउँमा मलाइ चित्त नबुझेपछि मैले भुक्तानी रोक्न कर्मचारीलाइ निर्देशन दिएको थिएँ तर कर्मचारीहरुले कसरी रकम भुक्तानी गरे सोचनीय विषय वनेको छ,’ उनले भनिन् ।

गुणस्तरहीन काम गरेका ठेकेदार तथा उपभोक्ता समितिहरुको फाइलहरु रोक्न भन्दा पनि रकम भुक्तानी गर्नु नगरवासीको लागि अन्याय भएको वताउँदै उपप्रमुख महतोले यस्ता अनियमितताविरुद्ध लड्नुपरेको बताइन् । 

बेथिति गर्ने कर्मचारीलाई पटकपटक सचेत गराउदा पनि त्यसको पुनरावृति भइरहेको उपप्रमुख महतोको गुनासो छ । फाइल चेकजाँच गर्ने कोसिस गर्दा कर्मचारीले आफुमाथि हातपात गरेको आरोप लगाएको उपमेयरको भनाइ छ । 

नगरपालिकाका कर्मचारी दिपेन्द्र यादवमाथि उपप्रमुख महतोले हातपात गरेको आरोप लगाउदै कर्मचारीहरुले नगरका सम्पूर्ण कामकाज ठप्प वनाएका छन् । फाइल चेकजाँच गर्न खोज्दा कर्मचारीले नदिएपछि फाइल नियन्त्रण लिने प्रयास गरिएको तर हातपात नगरेको उपप्रमुख महतोले दावी गरेतापनि कर्मचारीहरुले हातपात र दुव्र्यवहार नै गरेको आरोप लगाएका छन् ।

हेर्नुहोस् कर्मचारीको विज्ञप्ति 

release1692502956.jpg

उपप्रमुख महतोलाई कारवाही नभएसम्म कामकाज ठप्प वनाएर धर्ना बसिरहने कर्मचारीहरुले वताएका छन् । यता उपप्रमुख महतोले पैसाको वार्गेनिङ्ग गरिरहेको कर्मचारीको अडियो नै सार्वजनिक गरेकी छन् ।

याे पनि...

गौशाला नगरको रमिता :उत्खनन्देखि सभासम्म रोकिदिइन् उपमेयरले

उपप्रमुख महतोले र प्राविधिक शाखाका प्रमुख इन्जिनियर अजय यादवसँगको वार्तालापमा कसरी कमिशन लिने गरेको भन्ने बिषयमा देखिएको छ । नगर प्रमुखदेखि प्रमुख प्रशासकीय अधिकृतसम्म कमिसन कसरी पुग्छ भन्ने बिषयमा उपप्रमुखसँग यादवले वताएका छन् ।

तर यो अडियो आफ्नो नभएको यादवले दावी गरेका छन् । उनले बिज्ञप्ति जारी गर्दै आफुलाई फसाउनका लागी नक्कल गरेर उक्त अडियो वनाइएको जिकिर गरेका छन् ।

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  ०९:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update