Odapalika - The Fourth Estate - चौथो अंग
पेट्रोलमा प्रति लिटर ४ रुपैयाँ बढ्दा  डलरकाे भाउ कति पुग्याे ?

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगमको सोमबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रति लिटर ४ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रति लिटर ३ रुपैयाँले वृद्धि गरेको प्रवक्ता मनोज ठाकुरले जानकारी दिएका छन् ।

बढेको मुल्य सोमबार मध्यराति १२ बजेदेखि लागु भएको छ । मुल्य बढेपछि अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रति लिटर १७१ रुपैयाँ भएको छ र भने डिजेल तथा मट्टीतेल प्रतिलिटर १६० भएको छ ।

निगमले भारतबाट आएको नयाँ मुल्य सूची बढेर आएकोले मुल्य बढाउनु परेको जनाएको छ । 

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४६ पैसा र बिक्री दर १३४ रुपैयाँ ०६ पैसा पुगेको छ ।

त्यस्तै, युरो एकको खरिद दर १४५ रुपैयाँ ६२ पैसा र बिक्री दर १४६ रुपैयाँ ०६ पैसा रहेको छ । 

त्यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १७३ रुपैयाँ १९ पैसा र बिक्री दर १७३ रुपैयाँ ९७ पैसा पुगेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६० पैसा र बिक्री दर ३६ रुपैयाँ ७६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।


 

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  ०८:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update