Odapalika - The Fourth Estate - चौथो अंग
पूर्ण खोप सुनिश्चित बने जुम्लाका ८ वटै स्थानीय तह 

काठमाडौँ । जुम्लाका ८ वटै स्थानीय तहलाई लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ ।

जिल्ला खोप समन्वय समिति र जनस्वास्थ्य सेवा कार्यालयको आयोजनामा आइतबार एक कार्यक्रमका बीच खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो । 

जनस्वास्थ्य सेवा कार्यालय प्रमुख कृष्ण सापकोटाले चालु आर्थिक वर्षमा यहाँका ८ वटै स्थानीय तहका बालबालिकालाई पूर्णरूपमा खोप लगाइएकाले पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको बताए ।

जिल्लामा रहेका १६ देखि ५९ महिनाभित्रका २ हजार ९२७ बालबालिकालाई सबै खोप लगाइएको हो । कार्यक्रममा जिल्लाका ८ वटै स्थानीय तहका स्वास्थ्य शाखालाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  ०८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update