Odapalika - The Fourth Estate - चौथो अंग
३ अर्बको बजेट ल्याउदै जनकपुरधाम उपमहानगरले भन्योः जानकी मन्दिर अब विश्व सम्पदा सूचीमा 

काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०८/८२ का लागि ३ अर्ब ३ करोड ३२ लाख ४० हजार रुपैयाँबराबरको बजेट सार्वजनिक गरेको छ ।

१० असारमा ल्याउनुपर्ने बजेट विवादका कारण पालिकाले असार मसान्तमा मात्र सार्वजनिक गरेको हो । 

उपप्रमुख किशोरी साहले नगरसभाको १२औँ अधिवेशनमा पेस गरेको बजेटमा चालुतर्फ २ अर्ब ६ करोड ३४ लाख ८९ हजार तथा पुँजीगततर्फ ९६ करोड ९७ लाख ५१ हजार विनियोजन गरिएको उल्लेख छ ।

चालुतर्फको शीर्षक बजेटमा सामाजिक सुरक्षाबापतको ५९ करोड र युआरएलआइपी प्रोजेक्टका लागि ४७ करोड समावेश गरिएको बजेटमा उल्लेख गरिएको छ ।

बजेटको स्रोतमा आन्तरिक स्रोतबाट २१ करोड ७२ लाख ७३ हजार, घरजग्गा रजिष्ट्रेसन दस्तुरबापत १५ करोड, नेपाल सरकारको राजस्व बाँडफाँटबाट २९ करोड ९६ लाख, प्रदेश सरकारको राजस्व बाँडफाँटबाट १ करोड ८८ लाख ८५ हजार, नेपाल सरकारको समानीकरण अनुदानबापत ३१ करोड ४४ लाख, प्रदेश सरकारको समानीकरण अनुदानबाट २ करोड ४३ लाख ७ हजार, बैंक मौज्दातबाट ३८ करोड र सडक बोर्ड नेपालबाट १ करोड १९ लाख ९८ हजार रुपैयाँ बेहोरिने उल्लेख छ ।

बजेटले जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने, नगरको भौतिक पूर्वाधार विकासलाई गति प्रदान गर्ने, आमनगरवासीलाई गुणस्तरीय शिक्षा र आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने र लैङ्गिक समानता, सामाजिक समावेशीकरण र सामाजिक सुरक्षामार्फत विभेदयुक्त समाजको निर्माण गर्ने लक्ष्य राखेको उल्लेख छ ।

यसैगरी बजेटले रोजगारी सृजना र गरिबी न्यूनीकरण टेवा पु¥याउने, पर्यटन प्रवद्र्धनगरी नगरलाई आकर्षक पर्यटनको गन्तव्यस्थल बनाउने, सुशासन प्रवद्र्धन तथा संस्थागत सवलीकरणमा जोड दिने, कृषि उद्योगको विकास र उद्यमशीलताको प्रवद्र्धन गर्ने, स्वच्छ, सुन्दर, सरसफाइयुक्त नगरको विकास गर्ने, साझा, सुन्दर, समृद्ध हरित सहर बनाउने, ग्रामीण सडक तथा पुलको निर्माण गर्ने लक्ष्य लिएको छ ।

नगर प्रमुख मनोजकुमार साहले प्रस्तुत भएको नीति तथा कार्यक्रमसहितको बजेटले जनकपुरधामको विकास निर्माणमा गति पुग्नुका साथै सुन्दर, स्वच्छ जनकपुरधामको निर्माणमा मद्दत पुग्ने आशा व्यक्त गरे । 

नगरसभामा प्रमुख प्रशासकीय अधिकृत मिहिलाल यादवसहितको नगरसभाका सदस्यको सहभागिता थियो ।
 

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  ०८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update