Odapalika - The Fourth Estate - चौथो अंग
३६ गाउँपालिकाले अझै स्वीकृत गर्न सकेनन् बजेट, सबैभन्दा बढी मधेशका 

काठमाडौँ । स्थानीय तहले १० असारमा गाउँसभामा बजेट पेश गर्ने र असार समान्त भित्र बजेट पारित गरिसक्नुपर्ने प्रावधान छ । 

तर देशभरका २६ गाउँपालिकाले अझैबजेट पारित गर्न नसकेको गाउँपालिका राष्ट्रिय महासंघले जनाएको छ । महासँघका अनुसार अझै ८ प्रतिशत गाउँपालिकाले बजेट पारित गर्न बाँकी छ । 

४६० मध्ये ४२४ गाउँपालिकाले बजेट ल्याएर पारित समेत गरिसकेका छन् । जनप्रतिनिधिबीचको विवाद, प्रमुख प्रशासकीय अधिकृतहरु नहुुुनु, बजेट बिनियोजनमा देखिएको विवाद लगायतका कारण यी पालिकाले बजेट पारित गर्न नसकेको महासंघको भनाइ छ । 

महासंघका महासचिव खिमबहादुर थापाका अनुसार  सवैभन्दा वढी बजेट ल्याृन नसक्नेमा मधेशका पालिका छन् । जहाँका २३ पालिकाले बजेट पारित गर्न सकेका छैनन् । कोशीमा भने एउटामात्र पालिकाले बजेट ल्याएको छैन । 

गण्डकीका सबै गाउँपालिकाले बजेट पारित गरिसक्दा बागमतीका ३, लुम्बिनीका ४, कर्णालीका ३ र सुदूरपश्चिमका २ वटा गाउँपालिकाले बजेट कार्यान्वयन गर्न सकेका छैनन् ।

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  ०९:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update