Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँ महानगरको श्रम बैंकबाट पाए ९११ जनाले रोजगारी 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले महानगरको श्रम बैंकमार्फत ९११ जनाले रोजगारी पाएको दाबी गरेका छन् । 

महानगरपालिकाको श्रम बैंकमार्फत ३२९ जनालाई निजी र ५८३ जनालाई सरकारी क्षेत्रमा रोजगारी प्रदान गरिएको शाहले जानकारी दिएका छन् । 

‘काठमाडौँ महानगरले रोजगारी प्रवर्द्धनका लागि ३ वर्षको कार्ययोजना  बनाइ कम्तीमा १५ हजार जनालाई तालिम तथा ५ हजार जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने उद्देश्यले गौरव योजना ‘रोजगारी र आयवृद्धि काठमाडौँको समृद्धि’ तथा ‘श्रम बैंक’ स्वर्णिम योजना अगाडि बढाएको हो’, मेयर बालेनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यसबाट श्रम बैंकमार्फत दक्ष ४५५, अर्धदक्ष ३८ जना र अदक्ष ४१८ गरी जम्मा ९११ जनाले रोजगारी पाएका छन् । 

जसमध्ये ३२९ जनालाई विभिन्न निजी कम्पनीहरूमा र ५८३ जना महानगरका विभिन्न विभागहरूमा महानगरमार्फत रोजगारी उपलब्ध गराइएको छ,’ शाहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । 
 

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  ०९:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update