Odapalika - The Fourth Estate - चौथो अंग
कालिका नगरपालिकाको विपन्न विद्यार्थीलाई टिकाउन ‘मेयर केयर कार्यक्रम’ 

काठमाडौं । चितवनको कालिका नगरपालिकाले विद्यालयमा विद्यार्थी टिकाउन ‘मेयर केयर कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । गएको असार २५ गते पारित चालु आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटमा ‘मेयर केयर कार्यक्रम’ सञ्चालन गर्ने उल्लेख छ । 

सो कार्यक्रममार्फत विशेषगरी आर्थिक तथा सामाजिक रुपमा पछाडि  परेका बालबालिकालाई विद्यालयमा ल्याउन, टिकाउन, सिकाउन र बिकाउन सकिने लक्ष्य नगरपालिकाले लिएको छ । 

‘शैक्षिक पुर्वाधार निर्माणलाई निरन्तरता दिँदै सामुदायिक शिक्षालाई गुणस्तरिय बनाउने तथा आर्थिक तथा सामाजिक रुपले पछाडि परेका बालबालिकाहरुलाई विद्यालयमा ल्याउन, टिकाउन, सिकाउन र विकाउन ‘मेयर केयर कार्यक्रम’ (छात्रवृत्ति शैक्षिक सामग्री, पोशाक) सञ्चालन गरिनेछ,’ नीति, कार्यक्रम तथा बजेटमा उल्लेख गरिएको छ । 

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  ११:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update