Odapalika - The Fourth Estate - चौथो अंग
भक्तपुर नगरपालिकाले एक वर्षमा ३ करोडभन्दा बढी शैक्षिक ऋण दियो 

काठमाडौं । भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ मा तीन करोडभन्दा बढी शैक्षिक ऋण प्रदान गरेको छ । सो वर्ष भक्तपुर नगरपालिकाले विद्यार्थीलाई ३ करोड १० लाख ४७ हजार ७६ रुपैयाँ शैक्षिक ऋण दिएको महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमा उल्लेख छ । 

यस्तो ऋण प्रवाह गरी सुविधा दिएबापत पालिकामा विद्यार्थीहरुले पु¥याउने योगदानको सम्बन्धमा पालिकाले आवश्यक व्यवस्था गरेको नपाइएको प्रतिवेदनमा उल्लेख छ । 

शैक्षिक ऋण दिने सम्बन्धमा बनेको निर्देशिका २०७५ बमोजिम भक्तपुर नगरपालिका क्षेत्रभित्र स्थायी बसोवास गर्ने जेहेन्दार तथा विपन्न विद्यार्थीहरुलाई भक्तपुर नगरपालिकाले ५ लाख रुपैयाँसम्म वार्षिक ६ प्रतिशत व्याजदरमा ऋण प्रदान गर्न सक्ने व्यवस्था रहेको छ । 

वडा समितिको सिफारिसमा उक्त ऋण प्रदान गरिने र विद्यार्थीले शैक्षिक कोर्षको अन्तिम परीक्षा दिएको मितिले एक वर्ष भित्र २५ प्रतिशत, दोस्रो वर्षभित्र ५० प्रतिशत, तेस्रो वर्षभित्र ७५ प्रतिशत र अन्तिम वर्ष सबै ऋण चुक्ता गर्नुपर्ने व्यवस्था रहेको छ । 

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १२:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update