Odapalika - The Fourth Estate - चौथो अंग
यी हुन् नेपालका प्रधानमन्त्रीहरू, कसले कति शासन गरे ?

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्रीमा नियुक्त भए  । उनले सोमबार पद तथा गोपनीयताको शपथ लिएर आफ्नो जिम्मेवारी सम्हालेका छन् । 

विक्रम संवत् १८६३ मा मुख्तियार (प्रधानमन्त्री)मा भिमसेन थापादेखि अहिलेसम्म ३८ जना प्रधानमन्त्री भए । सूर्यबहादुर थापा, गिरिजाप्रसाद कोइराला, केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड पटक पटक प्रधानमन्त्री बनेका छन् । 

१ केपी शर्मा ओली– २०७२/०६/२५–२०७३/०४/१९, २०७४/११/०३–२०७८/०१/३०, २०७८/०१/३०–२०७८/०३/२९, २०८१/०३/३० देखि हाल बहाल 

२. पुष्पकमल दाहाल प्रचण्ड– २०६५–२०६६, २०७३/०४/१९– २०७४/०२/२३, २०७९/०९/१०–२०८१/०३/३१

३. शेरबहादुर देउवा– २०५२–२०५३, २०५८ – २०५९, २०६१ – २०६१ २०७४/०२/२४– २०७४/११/०३ २०७८/०३/२९–२०७९/०९/१०

४. सुशील कोइराला– वि.सं. २०७०/१०/२८ – २०७२/०६/२४ 

५. खिलराज रेग्मी– २०६९/१२/०१ – २०७०/१०/२८

६. डा. बाबुराम भट्टराई– २०६८/०५/१२–२०६९/११/३०

७. झलनाथ खनाल– २०६७/१०/२३–२०६८/०५/११

८. माधवकुमार नेपाल– २०६६/०२/११ – २०६७/१०/२२

९. गिरिजाप्रसाद कोइराला–. २०४८ – २०५१, २०५४ – २०५५, २०५५ – २०५६, २०५६ – २०५८, २०६३ – २०६५

१०. मनमोहन अधिकारी– २०५१–२०५२

११. कृष्णप्रसाद भट्टराई– २०४७–२०४८, २०५६–२०५६

१२. मरिचमान श्रेष्ठ– २०४३–२०४६

१३. लोकेन्द्रबहादुर चन्द २०४० – २०४२, २०४६ – २०४७, २०५३ – २०५४, २०५९ – २०६०

१४. नगेन्द्रप्रसाद रिजाल– २०३०–२०३२, २०४२

१५.कीर्तिनीधि विष्ट– २०२५ – २०२६, २०२८ – २०३०, २०३४ – २०३६

१६. सूर्यबहादुर थापा– २०२१ – २०२३, २०२३ – २०२५, २०३६ – २०४०, २०५४ – २०५४, २०६० – २०६१

१७. डा. तुलसी गिरी– २०१९–२०२१, २०३२–२०३४

१८. विश्वेश्वरप्रसाद कोइराला–२०१६–२०१७

१९. सुवर्ण शमशेर जबरा–२०१५–२०१६

२०. डा. केआई सिंह– २०१४–२०१४

२१. टंकप्रसाद आचार्य– २०१२–१४

२२. मातृकाप्रसाद कोइराला–२००८–२००९, २०१०–२०११

२३. मोहन शमशेर जबरा– २००५–२००८

२४. पद्म शमशेर जबरा–२००२–२००५

२५. जुद्ध शमशेर जबरा– १९८९–२००२

२६. भीम शमशेर जबरा– १९८६–१९८९

२७. चन्द्र शमशेर जबरा– १९५८–१९८६

२८. देव शमशेर जबरा– १९५७–१९५८

२९. वीर शमशेर जबरा– १९४२–१९५७

३०. रणोदिप सिंह राणा– १९३३–१९४२

३१. बमबहादुर राणा– १९१३–१९१४

३२. जंगबहादुर राणा–१९०३–१९१३, १९१४–१९३३

३३. माथवर सिंह थापा– १९००–१९०२

३४. फत्यजंग शाह– १८९७–१९००, १९०२–१९०३

३५. रणजंग पाण्डे– १८९६–१८९७

३६. पुष्कर शाह– १८९५–१८९६

३७. पं. रङ्गनाथ पौड्याल–१८९४–१८९५

३८. भीमसेन थापा– १८६३–१९४ 

भीमसेना थापादेखि फत्यजंग शाहसम्म प्रधानमन्त्रीको रुपमा मुख्तियार पदबाट काम हुने गरेको थियो । 

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १३:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update