Odapalika - The Fourth Estate - चौथो अंग
सामान्य प्रशासन मन्त्री गुप्ताको पहिलो निर्णयले यस्तो बन्दैछ नगरपालिकाको भवन

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी नेकपा एमालेका नेता राजकुमार गुप्ताले पाएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा नयाँ सरकार गठन भएपछि सामान्य प्रशासन मन्त्रालयको नेतृत्व गुप्ताले पाएका हुन् ।

प्रतिनिधिसभाको गत निर्वाचनमा पर्सा निर्वाचन क्षेत्र नम्बर ३ बाट विजयी गुप्ता व्यापारी पनि हुन् । उनले सोमबार नै मन्त्रालयमा गएर कार्यभार संहालेका छन् । मन्त्री गुप्ताले कार्यभार संहाल्दै पहिलो निर्णय नै स्थानीय सरकारको प्रशासनिक भवन बनाउन सरकारी जग्गा उपलब्ध गराउने निर्णय गरेका छन् ।

पहिलो निर्णय लुम्बिनी सास्कृतिक नगरपालिकाको प्रशासनिक भवन बनाउनको लागि सरकारी जग्गा उपलब्ध गराउने भन्ने रहेको मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले जानकारी दिए ।

मन्त्रालयले सरकारी जग्गा उपलब्ध गराउने आशामा नगरपालिकाले भने भवन निर्माणको प्रक्रिया अघि बढाइसकेको छ । नगरपालिकाको वडा नम्बर ३ मा प्रशासकीय भवन बनाउन प्रक्रिया अघि बढाइसकिएको उपमेयर कल्पन हरिजनले जानकारी दिइन् ।

‘नगरपालिकाको प्रशासनिक भवन बनाउनु पर्ने छ । संघीय सरकारले जग्गा उपलब्ध गराउने निर्णय गरेको भन्ने थाहा पाएका छौं । यो राम्रो निर्णय भयो । अब प्रशासकीय भवन बनाउने प्रक्रिया अझ अघि बढ्छ,’ उपमेयर हरिजनले वडापालिकासँग भनिन् ।

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १३:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update