Odapalika - The Fourth Estate - चौथो अंग
कहाँ कहाँ पर्दैछ आज दर्के झरी ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहानैदेखि बागमती, गण्डकी र कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 

विभागका अनुसार बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने धेरै पानी पानी पर्ने अनुमान छ । 

आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका केही स्थान तथा  बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । 

आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना पनि छ ।

कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक(दुई  स्थानमा भारी  वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।  मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ। 

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  ०६:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update