Odapalika - The Fourth Estate - चौथो अंग
आज एकादशी, कुन राशिलाई कस्तो फल? 

आजको पञ्चाङ्ग 

तिथिः एकादशी  । नक्षत्रः अनुराधा । करणः बणिज । चन्द्रराशिः वृश्चिक । सूर्योदयः ५ः२० । सूर्यास्तः १८ः ५९। दिनमानः ३४ः०७ घडी । राहुकालः दिनको १२ देखि १ः३० बजेसम्म । हरिशयनी एकादशी ।

तपाईंको आज 

मेष (चु चे चो ला लि लु ले लो अ )

आज शत्रुले काममा बाधा दिनेछन् । रोगसँग लड्नु पर्नेछ । परिवार तथा सन्तानको खुसी पूरा गर्न कठिन होला । संयमताले काम गर्नु पर्ने देखिन्छ । श्रृण लिनु पर्नेछ ।

वृष (इ उ ए ओ बा बि बु बे बो )

भाग्यले साथ दिनेछ । परिवारसँग मनोरञ्जनमा दिन बित्नेछ । स्वस्थ्यमा सुधार आउनेछ ।  खर्च सही ठाउँमा नै हुनेछ । आयमा वृद्धि हुनेछ ।

मिथुन (का कि कु घ ङ छ के को ह )

शरीरिक रुपमा कमजोर महसुस हुनेछ । तपाईँको खर्चिलो दिन हुनेछ । यात्रा पनि कठिन हुनेछ ।  आत्मबल कमजोर हुनेछ । मनमा अनावश्यक विचारले डेरा जमाउनेछन् ।

 कर्कट ( हि हु हे हो डा डि डु डे डो )

आज अचानक धनलाभ हुनेछ । गरेको काममा भाग्यले साथ दिनेछ । किनमेलमा समय खर्चिनु पर्नेछ । धर्मकर्मतिर मन जानेछ ।

सिंह (मा मि मु मे मो टा टि टु टे )

मित्रसँग नयाँ योजना र कार्य हुनसक्नेछ । सामाजिक कार्यमा संलग्न भइनेछ । जोश जाँगरले कठिन काम सजिलै बन्नेछ । अरुलाई प्रभावमा राख्न सकिनेछ । कर्म क्षेत्र बलियो रहनेछ ।

कन्या (टो प पि पु ष ण ठ पे पो)

कर्मको फाइदा राम्रो पाइनेछ । स्थायी धन पाउने योग रहेको छ । लेनदेनको कारण थोरै तनाव झेल्नुपर्नेछ । कुटुम्बसँग रमाइलो भेटघाटको अवसर जुर्नेछ ।  

तुला (र रि रु रे रो ता ति तु ते)

आजको दिन खर्चिलो रहनेछ । कुनै नयाँ काम भने हुने देखिन्छ । आजको यात्रामा दुखद नै हुनेछ । मान सम्मानमा ठेस लाग्नेछ ।  

वृश्चिक ( तो ना नि नु ने नो या यि यु )

बोलीले प्रभावले हुन नसकेका काम बन्ने देखिन्छ । गरेको कामले पूर्ण सन्तुष्टि हुनेछ । बेलुकातिर भने मनोरञ्जनपूर्ण र रमाइलो दिन हुनेछ । स्वास्थले साथ दिनेछ । 

धनु ( ये यो भा भि भु ध फा ढा भे )

धनप्राप्ति हुने भएकाले काम बन्नेछ । कारोबारले सन्तुष्ट दिने देखिन्छ । नयाँ कार्य हुने देखिन्छ । यात्रा सुखद हुनेछ । मनको बेचैनी घट्नेछ ।

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि )

आप्mने पराक्रमले कामले सफलता पाउनेछ । खर्चिलो दिन रहेको छ । सोचविचार गरेर मात्र काम गर्नुहोला । रमाइलो भेटघाट हुनेछ । दाजुभाइबाट नै काम बिग्रन सक्छ ।

कुम्भ ( गु गे गो सा सि सु से सो दा )

उपयोगी र स्थायी सामानको खरिद हुनेछ । महत्वपूर्ण कार्य बन्नेछन् । मन उत्साहित हुनेछ । स्वास्थ स्थितिमा सुधार आउनेछ ।

मीन (दि दु थ झ ञ दे दो चा ची ) 

आज सन्तानको प्रगतिमा मन खुशी हुनेछ । गरेका काम पूरा हुनेछन् । स्वस्थ्यमा भने केही गडबढी हुनेछ । विद्यामा सफल रहनेछ । पदोन्नतिको प्रबल सम्भावना छ ।
 

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  ०६:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update