Odapalika - The Fourth Estate - चौथो अंग
पर्यटक भित्र्याउने भीमेश्वरको यी ३ नारा 

काठमाडौं । दोलखा भीमेश्वर नगरपालिकाले चालु आर्थिक वर्षमा नगरको विकास र समृद्धिका लागि पर्यटन क्षेत्रको विकासलाई पनि आधारमा मानेको छ । 

गत असार १० गते नगरसभाले पारित गरेको नीति कार्यक्रम तथा बजेटमा भीमेश्वरले पर्यटक क्षेत्रको विकासका लागि तीन नारा लिँदै कुल बजेटको १ प्रतिशत रकम विनियोजन गरेको छ । 

आन्तरिक तथा बाह्यपर्यटक भित्र्याउन भीमेश्वरले ‘मनोरम पर्यटकीय गन्तव्य भीमेश्वर’, ‘गाउँ गाउँमा उत्पादन; सहरमा पर्यटन’ र ‘पूर्वाधार पर्यटनका लागि : पर्यटन जीउने आधारका लागि’ भन्ने नारा लिएको छ । 

पर्यटनमार्फत स्थानीय विकास र समृद्धि हासिल गर्नका लागि पर्यटनमैत्री पूर्वाधार विकास, वडाका पहिचानका आधारमा एक वडा एक पर्यटन केन्द्र स्थापना, पर्यटकीय गन्तव्यहरूको प्रचार प्रसार, हाइअल्टिच्युट माउन्टेन बाइक साइक्लिङ प्रतियोगिता सञ्चालन गर्ने भीमेश्वरको योजना छ । साथै सूचना केन्द्र सञ्चालन, सिसिटिभी क्यामरा जडान जस्ता कार्यक्रम कार्यान्वयन गर्न बजेट विनियोजन गरिएको छ । 

‘पर्यटन : मनोरम पर्यटकीय गन्तव्य भीमेश्वर’ भन्ने सोचका साथ पर्यटनमार्फत स्थानीय विकास र समृद्धि हासिल गर्नका लागि पर्यटनमैत्री पूर्वाधार विकास, वडाका पहिचानका आधारमा एक वडा एक पर्यटन केन्द्र स्थापना, पर्यटकीय गन्तव्यहरूको प्रचार प्रसार, हाइअल्टिच्युट माउन्टेन बाइक साइक्लिङ प्रतियोगिता सञ्चालन, सूचना केन्द्र सञ्चालन, सिसिटिभी क्यामरा जडान जस्ता कार्यक्रम कार्यान्वयन गर्न बजेट विनियोजन गरिएको छ । ’गाउँ गाउँमा उत्पादन; सहरमा पर्यटन’ भन्ने नारालाई सार्थक बनाउन पूर्वाधार पर्यटनका लागि; पर्यटन जीउने आधारका लागि’ भन्ने मूल मर्मलाई आत्मासाथ गर्दै धार्मिक, सांस्कृतिक, ऐतिहासिक र साहसिक पर्यटकीय गन्तव्यको रूपमा यस नगरपालिकालाई विकास गर्ने पर्यटन गुरुयोजना तयार गरी कार्यान्वयनमा ल्याइनेछ । पर्यटन क्षेत्रमा नगरपालिकाबाट सम्पादन गरिने कार्यका लागि ८२ लाख रुपैयाँ (०.९३ प्रतिशत) बजेट विनियोजन गरेको छु,’ बजेट वक्तव्यमा उल्लेख गरिएको छ । 
 

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १३:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update